भारत पाकिस्तानको खेल वर्षाले प्रभावित
काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानको खेल बर्षाका कारण प्रभावित भएको छ । म्यान्चेस्टरको वर्ल्ड ट्राफोर्डमा ४६ दशमलव ४ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित भएको हो । खेल अहिले रोकिएको छ । पाकिस्तानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले खेल प्रभावित बन्नु अगाडि ४ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको छ ।
जारी खेलमा भारतका लागि ओपनिङ ब्याट्सयान रोहित शर्मा र केएल राहुलले उत्कृष्ट ब्याटिङ गरे । उनीहरुले १सय६३ रनको साझेदारी पारी खेलेका थिए । त्यसैक्रममा सर्वाधिक १सय४० रन बनाएका रोहितले १४ चौका र ३ छक्का प्रहार गरेका थिए भने राहुलले ५७ रन बनाए ।
कप्तान विराट कोहलीले ६२ बलमा ६ चौका प्रहार गर्दै ७१ रन बनाएका छन् । भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले २ विकेट लिए भने यस्तै, हसन अलि र वाहब रियाजले समान १–१ विकेट लिए ।
बर्षा रोकिए केही बेरमा भारत मैदान उत्रिनेछ बर्षाले खेल प्रभावित गरेको खण्डमा आईसीसीले खेल केही ओभर घटाएर डीएल मेडथमा खेलाउन सक्नेछ ।