भारतद्वारा पाकिस्तानसामु ३३७ रनको लक्ष्य प्रस्तुत, रोहितको शतक
वेल्स र इङ्ल्यान्डमा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको खेलमा भारतले पाकिस्तानलाई तीन सय ३७ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन जोड्यो।
भारतका रोहित शर्माले एक सय ४० र विराट कोहलीले ७७ रन बनाए। केएल राहुलले पनि ५७ रन जोडे। भारतले पहिलो विकेटका लागि एक सय ३६ रनको साझेदारी गरेको थियो। उसले दोस्रो विकेटका लागि पनि ९८ रनको साझेदारी गर्यो।
रोहितले एक सय १३ बलमा ३ छक्का र १४ छक्का प्रहार गरे। प्रतियोगितामा रोहितको यो दोस्रो अर्धसतक पनि हो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २४ औँ सतक बनाएका हुन्। उनलाई हसन अलीले आउट गरे। ६५ बलमा सात छक्का हिर्काएका कोहलीलाई मोहम्मद आमिरले आउट गरे। आमिरले तीन विकेट लिए।