खेल

विश्वकपः दक्षिण अफ्रिकाको पहिलो जीत, अफगानिस्तानको लगातार हार

विश्वकपः दक्षिण अफ्रिकाको पहिलो जीत, अफगानिस्तानको लगातार हार

काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जीत हासिल गरेको छ । शनिबार राति अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले पहिलो जीत हासिल गरेको हो । १२६ रनको सामान्य लक्ष्यका साथ मैदान प्रवेश गरेको दक्षिण अफ्रिकाले २८.४ ओभरमा १ विकेको क्षतिमा पूरा गर्यो । उसका लागि क्विन्टन डि ककले ८ चौकाको मद्दतमा ७२ बलमा ६८ रन बनाए । यस्तै, हसिम अमलाले ४१ र कप्तान फाफ डुप्लेसिसले नट आउट १७ रनको योगदान दिए । 


यसअघि कार्डिफमा टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तानले ३४.१ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । उसका लागि नूर अली जदरानले ३२, राशिद खानले ३५ र हज्रतुल्ला जजाईले २२ रन जोड्न बाहेक अन्यको प्रदर्शन फिक्का रह्यो । बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले ४, क्रिस मोरिसले ३, एन्डिलो फेहलक्वायोले २ र कागिसो रबाडाले १ विकेट लिए । 

 

दक्षिण अफ्रिकाले पाँचौ खेलमा पहिलो जीत दर्ता गरेको हो । अफ्रिका ५ खेलमा १ मा जीत र ३ मा हारका साथ अंक तालिकाको सातौं स्थानमा छ । अफगानिस्तान भने चारै खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले अर्को खेल आउँदो बुधबार न्यूजिल्यान्डविरुद्ध खेल्ने छ । अफगानिस्तानले आफ्नो पाँचौ खेल आगामी मंगलबार इंग्ल्यान्डसँग खेल्दै छ । 

दक्षिण अफ्रिका भर्सेस अफगानिस्तान विश्वकप क्रिकेट

विशेष