विश्वकपः भारत र पाकिस्तान भिड्दै आज, वर्षाको सम्भावना कति?

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरको वल्ड ट्राफोर्ड सुरु हुँदैछ । पछिल्लो पटक म्यानचेस्टरमा पाकिस्तान विरुद्धको खेलमा भारतले ४७ रनले खेल जितको थियो। इंग्ल्यान्डमा भने भारत–पाकिस्तानबीच दुई वर्षपछि खेल हुन लागेको हो।
आजको खेलमा वर्षाको सम्भावना ६३ प्रतिशत छ। म्यानचेस्टरमा पहिलो खेल खेल्न लागिएको हो। यसअघि विश्वकपकका १९ मध्ये चार खेल वर्षाले रद्ध भएका थिए। १३ जूनमा भारत र न्यूजिल्यान्डबीचको खेल पनि वर्षाले रद्ध भएको थियो। यदि आज खेल रद्द भएमा स्पोन्सर (स्टार स्पोर्टर्स) लाई १ सय ४० करोड भारतीय रुपैयाँ घाटा लाग्ने छ । जारी विश्वकपमा अहिलेसम्म वर्षाले ४ खेल रद्द भएका छन् । अघिल्ला चार खेलमा स्टारलाई १०० करोड नोक्सान भइसकेको छ ।
विश्वकप क्रिकेट भारत भर्सेस पाकिस्तान