अपराध सुरक्षा मुख्य समाचार

एक महिनामा चोरी र पकेट मार्ने ८२ जना पक्राउ 

एक महिनामा चोरी र पकेट मार्ने ८२ जना पक्राउ 


काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले १ महिनामा चोरी र पकेटमार गर्ने ८२ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष अभियान संचालन गरि सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ८२ जना व्यक्ति पक्राउ गरेको जनाएको हो । जेष्ठ १ गतेदेखि ३२ गतेसम्म यातायात व्यवसायीहरुसँग समन्वय गरी प्रहरीले विशेष अभियान थालेको थियो । 


वस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथवाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोरी गर्नेहरु चोर्दाचोर्दै प्रहरीको फन्दामा परेका थिए । यसरी चोरी र पकेटमार्नमा संलग्नमा ७८ पुरुष र ४ महिला रहेको प्रहरीले जनाएको छ । 

 

यसरी हुन्थ्यो पकेटमारी
चोरी र पकेटमारी गर्नेहरुले बढी भीड हुने सार्वजनिक बस पक्रन्थे । जबकी प्रहरीेले यातायात व्यवसायीहरुसँग समन्वय गरी सादा पोसाकमा प्रहरी सार्वजनिक सवारीमा राख्ने गथ्र्यो । चोरी र पकेटमारी गर्न ६ जनासम्मको समूह बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ । सार्वजनिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २–२ जनाको दरले ६ जना सम्मको समूह वनाई वस भित्र छिर्ने  र पैसा भएको यात्रु पत्ता लगाउने गर्थे ।

 

तीनै गु्रपले मोवाईल, नगद र सुनचाँदी पकेटमारी गर्ने देखिएको परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो । पकेटमारी गर्दा गर्दे विभिन्न व्यक्तिहरुका रु ६ लाख भन्दा वढी वरामद गरिएकोमा तत्काल सम्बन्धित व्यक्तिलाई पिडितहरुलाई आवश्यकतार व्यवहारीताको आधारमा फिर्ता गरिएको प्रहरीले जनाएको छ । 

 

डलर र नक्कली सुन साट्ने पनि प्रहरी फन्दामा 
डलर र नक्कल सुन साटने भनि लुटपाट गर्ने २ जना गिरोह पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे ८ घर भई काभ्रे पाँचखाल वस्ने जितवहादुर तामाङ्ग र राम वहादुर तामाङ्ग छन् ।  

विशेष