Technology

पुसपछि नेपाल–भारतबीच ९ सय मेगावाटसम्म बिजुली आदानप्रदान हुन सक्ने 

पुसपछि नेपाल–भारतबीच ९ सय मेगावाटसम्म बिजुली आदानप्रदान हुन सक्ने 

काठमाडौं ।  धनुषामा निर्माणधीन ४ सय केभीको ढल्केबर सबस्टेसन पुसभित्र सञ्चालनमा आउने भएको छ । ४ सय केभी क्षमतामा सवस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच ठूलो परिमाणमा विद्युत व्यापारमा सहज हुने प्राधिकरणले जनाएको छ । अहिले यो सबस्टेसन २२० केभी क्षमतामा सञ्चालनमा छ । ४ सय केभी प्रणालीमा आधारित यो नेपालकै पहिलो सवस्टेसन हो । 

 

मुलुकभर र अन्तरदेशीय प्रसारण्ण  प्रणाली सुधार्नेसहित यो सबस्टेसन निर्माण गरिएको हो । सवस्टेसन सञ्चालनमा आएपछि नेपाल–भारतबीच ९ सय मेगावाट विद्युत आदानप्रदानका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 
कान्तिपुर दैनिकबाट  
 

विशेष