खेल

विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध भारत ८९ रनले विजयी 

विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध भारत ८९ रनले विजयी 

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारत ८९ रनले विजयी भएको छ । आइतबार राति वर्षा बाधक भएपछि पाकिस्तानले ४० ओभरमा ३०२ रनको लक्ष्य पाएको थियो । तर, पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २१३ रन मात्र बनाउन सक्यो । पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । उसका लागि फखर जमानले ६२, बाबर आजमले ४८, सरफराज अहमदले १२, मोहम्मद अफिजले ९, इमाम उल हकले ७ रन बनाए । इमाद वासिम ४६ र सादव खान २० रनमा नट आउट रहे । बलिङमा भारतका विजय शंकर, कुलदीप यादव र हार्दिक पाण्ड्याले २–२ विकेट लिए । 

 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनायो । उसका लागि रोहित शर्माले १४ चौका र ३ छक्काको मद्दतमा ११३ बलमा १४० रन बनाए । यस्तै  कप्तान विराट कोहलीले ६५ बलमा ७७, केएल राहुलले ७८ बलमा ५७, हार्दिक पाण्ड्याले १९ बलमा २६, महेन्द्रसिंह धोनीले २ बलमा १ रनको योगदान दिए । विजय शंकर १५ र केदार जाधव ९ रनमा नट आउट रहे । बलिङमा पाकिस्तानका मोहम्मद आमिरले ३, हसन अलि र वाहब रियाजले एकएक विकेट लिए ।

भारत भर्सेस पाकिस्तान विश्वकप क्रिकेट

विशेष