कभर स्टोरी

दुई विदेशी लुटेर ओशो तपोवन खडा गरिएको थियो (प्रमाणसहित)

दुई विदेशी लुटेर ओशो तपोवन खडा गरिएको थियो (प्रमाणसहित)

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जमिन हडपेर बद्नामी कमाएको ओशो तपोवनको स्थापनाको दुःखलाग्दो कथा फेला परेको छ । 

 

ओशो तपोवन स्थापनामै जालझेल र विदेशीहरुको रकम अपचलन गरिएको प्रमाण फेला परेको छ । माँ विमला उपनामकी एक जापानी महिला र सत्यतीर्थ भारती उपनामका एक भारतीय सन्यासीहरुको पैसा हिनामिना गरेर अरुणकुमार सिंहसहितको टोलीले लुटको जगमा भ्रमको साम्राज्य स्थापना गरेको भन्दै २९ वर्षअघि नै बबण्डर भएको विषयवस्तु नेपालआजको हात परेको छ । 

 

घटनाअनुसार ४७ सालतिर आनन्द अरुण भनेर परिचित अरुणकुमार सिंह ताहचलस्थित गाईबाच्छा पार्टीमा ओशो आशिष ध्यान केन्द्र सञ्चालन गर्थे । त्यो बेला ओशो सन्यासी जापानी महिला ‘माँ विमला’ र भारतीय ओशो सन्यासी स्वामी सत्यतीर्थ (भुपाल भारत) नेपाल आएका थिए । उनीहरुमा ओशो शिक्षा पढाउने एक अन्तर्राष्ट्रिय स्कुल सञ्चालन गर्ने इच्छा थियो । 

ती दुई जापानी र भारतीयले एक लाख डलर कानुनी विधिमार्फत नै नेपाल ल्याएका थिए । ताहचलमा अरुणकुमार सिंहसहित कृष्णानन्द भारती, चितवनका ओम भारतीसँगको सहमतिअनुसार जापानी र भारतीयको पैसाबाट जग्गा किन्ने सहमति भयो । 

 

जसअनुसार धीरेश भारती, ओम भारती र रमेश राजकर्णिकारको नाममा जमिन खरिद गरियो । तर जमिनमा लगानी भने तिनै दुई जापानी र भारतीय नागरिकको थियो । विदेशी सन्यासीले नेपालमा रकम लगानी गरेपछि त्यो जमिनमा कसरी कब्जा जमाउने भन्ने दाउपेच अरुणकुमार सिंहले गरेको देखिन्छ ।  

जापानी र भारतीय सन्यासीको रकमबाट व्यक्तिको नाममा खरिद गरिएको जमिनलाई अरुणकुमारले प्रपञ्च गरी व्यक्तिको नाममा रहेको जमिन रातारात लगानीकर्तालाई समेत थाहा नदिई ओशो तपोवनको नाममा विलय गराई दिए । त्यो क्रममा सत्यतीर्थले लगानी गरेको ३२ लाख रुपैयाँसमेत फिर्ता नगरी उनलाई नेपालबाट लखेट्ने कार्य भएको थियो । 

 

नेपालमा विदेशी मुद्रा कानुनी तवरले नै ल्याइएको भए पनि सटही गर्दा आपसी चिनजानका आधारमा गरिएको थियो । जसका कारण सत्यतीर्थले सो रकमका बारेमा कतै उजुर गर्न सकेनन् । रकम साटिदिने चाहिँ प्रभु बैंकका हालका अध्यक्ष देवीप्रसाद भट्टचन थिए । अरुको पैसा अपचलन गरेर फिर्ता नदिएपछि अरुणकुमार सिंहसँग कृष्णनन्द भारती, देवीप्रसाद भट्टचनहरु रिसाए । उनीहरुले तपोवन जान नै बन्द गरे । 

 

जालझेल गरेर अरुको सम्पत्ति हत्याउनमा अरुणकुमार सिंहलाई कृष्ण पाउरोटीका सञ्चालक रमेश कर्णिकार उर्फ स्वामी आनन्द रमेशले सघाएका थिए । त्यो जालझेलमा संलग्न भएबापतको पुरस्कार उनले २७ वर्ष यता तपोवनको अध्यक्षको पद पाइरहेका छन् । अरुणकुमार सिंहले अरुको सम्पत्तिमा जालझेल मात्रै गरेरनन्, दाजुभाईबीच फाटो पनि ल्याइदिए । आफ्नो दाई ओम भारतीलाई हटाउन सहयोग गरेबापत स्वामी प्रेम कृष्ण (खेम डल्लाकोटी)भन्नेलाई तपोवनको संचालक बनाए  । सिंहले उनलाई आफ्नो कम्पनीमा समेत निर्देशक बनाएका छन् । 

 

अरुणकुमार सिंहको जालझेल ५५ साल भदौ १० गते लामो एक विज्ञप्ति प्रकाशित गरेर पीडितहरुले सार्वजनिक गरेका थिए । जग्गाधनीहरु ओम भारती, धीरेश भारतीले विज्ञप्ति निकालेर आफूहरु ठगिएको बेलिबिस्तार लगाएका थिए । 

अरुको पैसामा जालझेल गरी खडा गरिएको ओशो तपोवनले लामो समय निकुञ्जको जमिन पनि कब्जामा लियो । तर निकुञ्जले जमिन खोसेपछि अहिले ओशो तपोवन तिनी जापानी र भारतीयको पैसाले खरिद गरेको जमिनमा सिमित भएको छ । 

 

सरकारी संयन्त्र दूरुपयोग गरेर अरुणकुमार सिंहले निकुञ्जभित्र नै पर्खाल लगाउने, सरकारी पैसाबाटै निकुञ्जभित्र पक्की बाटो बनाउने, त्यो बाटोमा सरकारी भ्रष्ट कर्मचारीदेखि भ्रष्ट नेताहरुलाई भ्रमण गराउने गर्थे । 

 

विवादास्पद ओशो गुरु अरुणकुमार सिंहलाई अहिले पनि धेरै नेताहरुले काखी च्याप्दै आएका छन् । 

 

र यो पनि...
बलात्कारी आशाराम बापुसँग स्वामी आनन्द अरुणको अदालतमै तुलना हुँदा... 

पहुँचवालाहरुको प्रभावमा दुरुपयोग हुँदैछ विद्युतीय कारोबार ऐन 

एक फिल्मका स्वामी, अर्का नेपालकाः दुवैको सोझो सम्पर्क भगवानसँग (भिडियोसहित)

नाफा कुम्ल्याउने तर कर नतिर्ने तपोवनको खेल

सरकारी जग्गामा आनन्द अरुणको वक्रदृष्टि, स्वामी हुन् कि भू–माफिया ?

विशेष