मेलम्ची स्वाहा पारेर मन्त्री मगर अब केयुकेएल गिजोल्दै
काठमाडौं । खानेपानीमन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलका महाप्रबन्धक महेश भट्टराई बीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा नगरेको आरोप छ ।
त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा नवीकरण गर्दै आएको थियो । तर गत माघदेखि त्रिविबाट उनको काज बिना नवीकरण भएको छैन । काजविदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ । नागरिक दैनिकबाट