खेल

विश्वकप क्रिकेटः बंगलादेश पहिलाे पटक वेस्ट इन्डिजलाई हराउन सफल

विश्वकप क्रिकेटः बंगलादेश पहिलाे पटक वेस्ट इन्डिजलाई हराउन सफल

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा बंगलादेशले ऐतिहासिक जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले हरायो । विश्वकपमा बंगलादेशले पहिलो पटक वेस्ट इन्डिजलाई हराउन सफल भएकाे हाे । 

 

३२२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि शाकिव अल हसनले शतक बनाए । उनी १६ चौकाको मद्दतमा ९९ बलमा १२४ रनमा नट आउट रहे । यस्तै लिटन दास ४ छक्का र ८ चौकाको सहयोगमा ६९ बलमा ९४ रन बनाएर अविजीत रहे । यस्तै, तमिम इग्बालले ४८, सौम्य सरकारले २९, मुस्फिकुर रहिमले १ रनको योगदान दिए ।

 

बलिङमा वेस्ट इन्डिजका ओसेन थोमस र आन्द्रे रसेलले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए ।

 

इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावोले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए ।  

एकदिवसीय विश्वकप क्रिकेट वेस्ट इन्डिज भर्सेस बंगलादेश

विशेष