मनोरञ्जन

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोचमा लामा र राउत चयन

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोचमा लामा र राउत चयन

काठमाडौं । चर्चित नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का लागि दुई जना नयाँ कोच छनोट भएका छन् । सिजन–२ मा नयाँ कोचमा गायक राजु लामा र गायिका आस्था राउत छनोट भएका  हुन् । यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभय बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका बताइएको छ । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेलले रहने छन् । 

 

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘द भ्वाइस अफ नेपाल–२’ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ ।
 

द भ्वाइस अफ नेपाल राजु लामा आस्था राउत

विशेष