त्यतिबेला तपाईं सफल मातापिता ठहरिनु हुनेछ
१. मानिलिनुस् छोराले तपाईंलाई भन्यो– ‘म कसैको प्रेममा छु ।’ त्यतिबेला तपाईंको प्रतिक्रिया के हुन्छ ?
क) हाँस्ने र विहेका लागि परिपक्व छैनौ भनेर कन्भिन्स गर्न खोज्नुहुन्छ ।
ख) बधाई दिँदै प्रेमका लागि उत्साही बनाउनुहुन्छ ।
ग) केटा वा केटीसंग आफू भेट्ने इच्छा राख्नुहुन्छ ।
घ) यो प्रेम नभएर रागात्मक आकर्षण भएको ठहर गर्नुहुन्छ ।
२. तपाईंको तन्नेरी छोरा घरमा रक्सी खाएर आएमा के गर्नुहुन्छ ?
क) उत्तेजित भएर गाली गर्दै रिसाउनुहुन्छ ।
ख) समयले पाठ सिकाउँछ भनेर ढुक्क बस्नुहुन्छ ।
ग) उमेरलाई दोष दिएर पन्छिनु हुन्छ ।
घ) घर बाहिर जान प्रतिबन्ध लगाउनु हुन्छ ।
३. छोराछोरीसंग सेक्सबारे कति छलफल गर्नुहुन्छ ?
क) कहिले पनि गर्दिन
ख) यो समय भन्ने नै हुन्न
ग) जब प्रसंग चल्छ
घ) धेरै कम
४. जब तपाईंको छोरा गलत रुपमा कपाल काटेर घरमा आउँछ, तपाईं के भन्नुहुन्छ ?
क) यसखाले कटाई उसलाई सुहाउँछ भन्नुहुन्छ ।
ख) फेरि मिलाएर आउ भनेर पठाउनु हुन्छ ।
ग) जथाभावी गरेको भनेर कोठामा थुनिदिनुहुन्छ ।
घ) अरुभन्दा फरक रंगको रौं छ भनेर हौसला दिनुहुन्छ ।
५. सेक्सबारे छलफल हुँदा तपार्ईं के गर्नुहुन्छ ?
क) जीवनको तथ्यप्रति बेवास्ता गर्नुहुन्छ ।
ख) आफ्नो अनुभवहीनताप्रति चिन्तित हुनुहुन्छ ।
ग) तिमीहरुले यस्तो कुरा गर्नु हुँदैन भनेर कुरा टार्नुहुन्छ ।
घ) खुल्ला रुपमा त्यस विषयमा सल्लाह, सुझाव दिनुहुन्छ ।
६. छोराछोरी कति बजे घर फर्किउन पर्छ भन्ने ठान्नुहुन्छ ?
क) ठीक समयमा आउनु पर्छ ।
ख) आफ्नो अनुकूल आउन स्वतन्त्र छन् ।
ग) समय तोकेर अनिवार्य गर्नुहुन्छ ।
घ) उनीहरुको गतिविधिका आधारमा निर्भर रहने ठान्नुहुन्छ ।
७.नयाँ डिस्को खुलेको खबर उनीहरुको मुखबाट सुन्नुभयो । तपाईं के भन्नुहुन्छ ?
क) तिमीहरु जान सक्दैनौं भनेर प्रतिबन्ध लगाउनु हुन्छ ।
ख) निर्णय दिनुअघि विचार गर्न भन्नुहुन्छ ।
ग) साथीहरुसंग मात्र जाने अनुमति दिनुहुन्छ ।
घ) डिस्कोमा गएपछि सबै ध्वस्त हुन्छ भन्ने धारणा राख्नुहुन्छ ।
८. छोराले लागू पदार्थ खाने गरेको पत्तो पाउनुभयो भने के गर्नुहुन्छ ?
क) आफैं विवेकी छौ भनेर सम्झाउनु हुन्छ ।
ख) जथाभावी भनेर हप्काउनु हुन्छ ।
ग) तुरुन्त डाक्टर भेटेर परामर्श गर्नुहुन्छ ।
घ) लागू पदार्थको हानीबारे सविस्तार लाउनुहुन्छ ।
९. छोराले भोजको निम्तो दिएमा के गर्नुहुन्छ ?
क) तत्काल अस्वीकार गर्नुहुन्छ ।
ख) आफू भोजकै प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुहुन्छ ।
ग) के म आउनै पर्ने हो र ? भन्नुहुन्छ ।
घ) आफ्नो अरु नै काम छ भनेर टार्नु हुन्छ ।
१०. छोराले गाडी चलाउने लाइसेन्स पायो । के आफ्नो कार दिनुहुन्छ ?
क. जतिबेला उनीहरु चाहन्छन् ।
ख. हिँडडुल नै उपयुक्त भनेर सम्झाउनु हुन्छ ।
ग. तेल, कर, बीमाको रकमको सर्त लगाउनु हुन्छ ।
घ. अनुकूल हुने समयमा मात्र दिनुहुन्छ ।
११.तपाईंको सन्तान आफ्नो केटा वा केटीसाथीसंग छुट्टी मनाउन जान चाहन्छन् भनेमा तपाईं के गर्नुहुन्छ ?
क) समाजले के भन्ला भनेर चिन्तित हुनुहुन्छ ।
ख) उनीहरुलाई जानबाट बन्देज लगाउनु हुन्छ ।
ग) विदा मनाउन जाँदा सतप्रतिशत मनोरञ्जन गर्नुपर्छ भनेर उत्साह भर्नुहुन्छ ।
घ) सुत्ने, खाने व्यवस्था के छ भनेर चासो राख्नुहुन्छ ।
१२) छोराको परीक्षा नजिकिँदै गरेको अवस्थामा के गर्नुहुन्छ ?
क) सातै दिन पढाईमा जोतिन प्रेरित गर्नुहुन्छ ।
ख) उनीहरुलाई स्वविवेकमा छोडिदिनु हुन्छ ।
ग) जाँच नसकिएसम्म अरु संगको भेटघाटमा कडाई गर्नुहुन्छ ।
घ) स्कुल जाने दिन खुब पढ्न र बाँकी दिन थकाई मार्न भन्नुहुन्छ ।
१३) छोरामा ‘पप क्रेज’ छ भने के गर्नुहुन्छ ?
क) शास्त्रीय संगीत सुन्ने सल्लाह दिनुहुन्छ ।
ख) पप गीत सुन्न मनाही गर्नुहुन्छ ।
ग) आफ्नो कोठामा सीमित भएर सुन्न भन्नुहुन्छ ।
घ) उसको सोख पूरा गर्न सहयोगी बन्नु हुन्छ ।
१४. सन्तानको कपडाको छनोटप्रति तपाईंको के प्रतिक्रिया छ ?
क) आफ्ना पुराना लुगा लगाउन दिनुहुन्छ ।
ख) उनीहरुले रुचाउन, नरुचाउन आफैंले किनेर दिनुहुन्छ ।
ग) कुनै हस्तक्षेप नगर्ने, जे लगाउँछन् वास्ता गर्नुहुन्न ।
घ) उनीहरुको उमेर, शारीरिक अवस्था अनुसार सल्लाह गरेर खरिद गर्नुहुन्छ ।
१५. तपाईंको छोराले जागिर खान थाल्नासाथ घरबाट अलग्गिन्छु भन्यो भने के गर्नुहुन्छ ?
क) जतिसक्दो छिटो अलग भएर जान भन्नुहुन्छ ।
ख) केही समय घरमै बसुन भन्ने आशयमा कुरा गर्नुहुन्छ ।
ग) उनीहरु बस्ने ठाउँ खोज्न सहयोग गर्नुहुन्छ ।
घ) घुक्र्याएका हुन भनेर ढुक्क बस्नुहुन्छ ।
१६. छोरालाई पैसा कसरी दिने गर्नुभएको छ ?
क) आवश्यकता पर्ने दिन्छु ।
ख) केही खर्च दिन्छु ।
ग) आफूले सक्ने अवस्थामा मात्र दिन्छु ।
घ) आफ्नै कमाई खानुपर्छ भनेर कमाउन जोड दिनुहुन्छ ।
१७. छोराले काम बिगारेर प्रहरीबाट सजाय पाएको खण्डमा के गर्नुहुन्छ ?
क) उनीहरुलाई बेवास्ता गर्नुहुन्छ ।
ख) जे गरेपनि स्वाभाविक लिनुहुन्छ ।
ग) आफूले पनि सजाय दिनुहुन्छ ।
घ) हल्ला गरेर स्थित थप जटिल तुल्याउनु हुन्छ ।
१८) तपाईंको भन्दा ठीक विपरीतको राजनीतिक दलसंग छोराको संलग्नता भएमा तपाईं के गर्नुहुन्छ ?
क) कम्तिमा एक महिनासम्म बोलचाल बन्द गर्नुहुन्छ ।
ख) उनीहरुको विचार बदल्न जोड गर्नुहुन्छ ।
ग) सहर्ष दृष्टिकोण स्वीकार्नु हुन्छ ।
घ) राजनीतिक विचार राख्न परिपक्व छैनन् भनेर हाँसेर उडाउनु हुन्छ ।
१९.छोराछोरीले आफ्नो घरमा बेग्लै वर्ण वा जातिको केटो÷केटी घर ल्याए के गर्नुहुन्छ ?
क) अरु साथीलाई जस्तै स्वागत गर्नुुहुन्छ ।
ख) घरभित्र पस्न बन्देज लगाउनु हुन्छ ।
ग) उनीहरुका अगाडि असजिलो महशूस गर्नुहुन्छ ।
घ) गाली गरेर बेइज्जत गर्नुहुन्छ ।
२०. सन्तानलाई कुन बेला गाली गर्नुहुन्छ ?
क) सुतिरहँदा
ख) चुरोट खाँदा
ग) खराब भाषा प्रयोग गर्दा
घ) कुकुर, बिरालोलाई खुवाउन बिर्सदा
स्कोर हेर्नुहोस्
क ख ग घ
१. १० ० १५ ५
२. ५ १५ १० ५
३. ० १० १५ ५
४ १५ ५ ० १०
५. ० १० ५ १५
६. १० ५ ० १५
७. ५ १० १५ ०
८. ५ ० १० १५
९. ० १५ १० ५
१० १५ ५ १० ०
११. ५ ० १५ १०
१२. ० १० ५ १५
१३. १५ ५ ० १०
१४. ० ५ १५ १०
१५. ० १० १५ ५
१६. ० १० १५ ५
१७. ० १५ ५ १०
१८. ० ० १५ ०
१९. १५ ० ५ ०
२०. ० १५ १० ५
स्कोरको परिणाम यस्तो छ
०–१०० यस अवस्थामा तपाईंलाई छोराछोरीबाट मानसिक पीडा छ । कि त तपाईंका छोराछोरीलाई तपाईंलाई जानी नजानी कठिन अवस्थामा धकेलिरहेका छन कि त उनीहरुसंग बारम्बार ठाकठुक पर्ने गर्छ । यस अवस्थामा तपाईंले छोराछोरी सुधार्न समयमै प्रयास गर्नुपर्छ । उनीहरुलाई थप बर्बाद हुन नदिन अभिभावकको हैसियतले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न जरुरी छ ।
१००–२०० तपाईं त्यति नराम्रो अवस्थामा हुनुहुन्न । यो अवस्था भनेको छोराछोरी स्वयंले के गर्नुपर्छ र उनीहरुलाई कति स्वतन्त्रता दिनुपर्छ भनेर सचेत रहेको स्थिति हो । आफ्नो गतिविधिमा उनीहरुलाई संलग्न गराउने र उनीहरुको भावना कदर गर्ने प्रयास उपयुक्त हुनेछ । यसको तात्पर्य समझदारी र विश्वासले थप सकारात्मक परिणाम दिनेछ ।
२००–३०० तपाईं सौभाग्यशाली हुनुहुन्छ । वास्तवमा तपाईं आफ्नै सन्तानजस्तै तन्नेरी मनको हुनुहुन्छ । समयअनुसार चल्ने स्वभावका कारण सफलता सधैं पछि लाग्छ । लवाई खवाई, मनोरन्जन, सोच हरेक विषयमा खुल्ला दिलको हुनुहुन्छ । आफ्ना सन्तान छोराछोरी हुन भन्ने बिर्सेर साथीको व्यवहार गर्दा कहिलेकाहीँ आफैं आश्चर्य पर्नुपर्ने अवस्था आउन सक्छ ।