मुख्य समाचार

सभामुखको रुलिङ नमानेर प्रतिपक्षीले गलत संसदीय नजिर बसाल्न खोज्यो : नेपाल

सभामुखको रुलिङ नमानेर प्रतिपक्षीले गलत संसदीय नजिर बसाल्न खोज्यो : नेपाल


काठमाडौँ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रमुख प्रतिपक्षीले गलत संसदीय नजिर बसाल्न खोजेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्न अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको उहाँले बताउनुभयो ।

 

संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज काम भएको बताउनुभयो ।

 

“प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ । ” उहाँको भनाइ थियो । 

विशेष