प्रहरीलाई १० हजार घुस दिन खोजेपछि

रुपन्देही । विना कागजातको भारतीय मोटरसाइकल छुटाइदिन आग्रह गर्दै प्रहरीलाई १० हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर घुस दिन खोज्ने व्यक्ति रुपन्देहीको मर्चबारी गाउँपालिका बार्ड नम्बर १ बस्ने ६३ बर्षका रामराज यादव छन् ।
विना काजगपत्र भारतीय नम्बरका २ वटा मोटरसाईकललाई प्रहरीको नियमित चेकिङ्गको क्रममा सिदार्थनगरपालिको गल्लामण्डीमा गत जेठ ३२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।