खेल

विश्वकपमा आज अष्ट्रेलिया र बंगलादेश भिड्दै

विश्वकपमा आज अष्ट्रेलिया र बंगलादेश भिड्दै

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि ट्रेन्ट ब्रिजमा सुरु हुँदैछ । बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजविरुद्ध जीत  हासिल गर्दा न्यूजिल्यान्ड र इंग्ल्यान्डसँग भने पराजय बेहोरेको छ । यता, पाँच पटकको विश्व विजेता अष्ट्रेलियाले आफूले खेलेको पाँच खेलमध्ये ४ मा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ । अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

 

अष्ट्रेलियाको पूरा टिमः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, शन मार्स, केन रिचर्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, जसन फेहनड्रफ, नाथन कल्टर–नाइल, प्याट कम्मिन्स, नाथन लायन, मार्कस स्टोइनिस र एडम जम्पा ।

 

बंगलादेशको पूरा टिमः मसरुफे मुर्तुजा (कप्तान), शाकिव अल हसन, मस्फिकुर रहिम, महमुदुल्लाह, सौम्य सरकार, तमिम इग्बाल, लिटोन दास, मेहिदी हसन मिराज, मोहम्मद मिथुन, मुस्तफिजुर रहमान, रुबेल हुसेन र सब्बीर रहमान, अबु जायद, मोहम्मद सैफउद्दिन र मोसद्दक हुसेन । 

एकदिवसीय विश्वकप क्रिकेट बंगलादेश भर्सेस अष्ट्रेलिया

विशेष