खेल

सन्दीप र सोमपाल क्यानडा प्रिमियर लिगमा अनुबन्ध

सन्दीप र सोमपाल क्यानडा प्रिमियर लिगमा अनुबन्ध

काठमाडौं ।  नेपाली तीव्र गतिका बलर सोमपाल कामी ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग २०१९ अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य साेमपाल पहिलो पटक विदेशी लिग खेल्न अनुबन्ध भएका हुन् । उनलाई विनिपेग हक्सले टिममा अनुबन्ध गरेकाे हो । साेमपालले कम्तिमा पनि ३ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । 

 

यस्तै, बिहीबार भएको ड्राफ्टमा अर्का स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलरमा टिममा अनुबन्ध गरेको छ । सन्दीप भारतीय टिमका पूर्व कीर्तिमानी ब्याट्सम्यान युवराज सिंह रहेको टिममा अनुबन्ध भएका हुन् । उनले गत वर्ष पनि ग्लोबल टी–२० क्रिकेट खेलेका थिए । गत संस्करणमा सन्दीपले मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । टाइगर्सले त्यो सिजनमा उनलाई ४० हजार अमेरिकी डलरमा टिममा राखेको थियो । यो प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ ।  

क्यानडा प्रिमियर लिग सोमपाल कामी सन्दीप लामिछाने

विशेष