कभर स्टोरी

खरिद गरिएको ताज लगाएर समता स्कुल उद्घाटनमा !

खरिद गरिएको ताज लगाएर समता स्कुल उद्घाटनमा !

काठमाडौं । बर्मेली मूलकी सम्भवतः अंगिकृत नेपाली नागरिक यमी कर्मचार्यलाई केही अघिसम्म नेपालका चर्चित कलाकारहरुले मात्रै चिन्थे । थाइल्याण्डलाई आधार बनाएर टेलरिङ व्यवसायमा जमेर बसेका राज कर्मचार्यकी धर्मपत्नी नै उनको पहिचान थियो । तर वैशाख २९ मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित सुपर मम ब्युटी पेजेन्टमा यमीले टाइटल नै जितेपछि उनका बारेमा केही चर्चाहरु भए । 

 

मूलतः प्रथमको हुने अभिलाषा र पर्फमेन्स गरिरहेकी निलम श्रेष्ठले जब ताज खरिद गरेर यमीले प्राप्त गरेको आरोप लगाइन् तब उनको शीरको ताजमाथि प्रश्न चिन्ह खडा भयो । अरु त अरु आयोजक मध्येकी एक करुणा रिजालले समेत प्रतिस्पर्धामा धाँधली भएको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन नै आयोजना भनिन् । 

प्रतिस्पर्धाकी निर्णायक मध्येकी एक भुवन चन्दले समेत निलम श्रेष्ठलाई प्रथम हुने गरी अंक दिएको तर यमी कर्माचार्य प्रथम भएपछि आफू आश्चर्यमा परेको बताइरहेकी छिन् । 

 

यो सबै घटनाको केन्द्रविन्दुमा छिन् नेपाली फिल्मकी फ्लप हिरोइन पुजना प्रधान । सिनेमाले बतास चलाउन छाडेपछि उनले यस्तै कार्यक्रमहरुको आयोजना गर्ने र सहभागीहरुसँग मोटो रकम संकलन गर्दैै प्रतिस्पर्धा आयोजना गर्दै आएको जानकारहरु बताउँछन् । 

 

">

 

पुजनाको सम्बन्ध यमीसँग पुरानै हो । पाँच वर्षअगाडि एक सिनेमा रिलिजका क्रममा थाइल्याण्ड जाँदा यमीले पुजनालाई घरमा निम्तो गरेकी थिइन् । उनी त्यही बसिन् । नेपालबाट जाने चर्चित सबै कलाकारलाई पाल्ने यमी नै हुन् । मदनकृष्ण श्रेष्ठकी पत्नीलाई क्यान्सर हुँदा पनि यमीले नै आफ्नो घरमा निम्तो गरेर सत्कार गरेकी थिइन् । 

 

नेपालीदेखि बलिउड कलाकारहरुलाई समेत निम्तो गर्ने यमीले त्यही प्रभाव, रकम र सम्बन्धलाई भजाएर सुपर ममको उपाधि लिएको कुरा बताउने गरिन्छ । उनका पति राज आर्थिक हिसाबले सबल छन् । थाइल्याण्डमा उनीहरुको व्यवसाय पनि राम्रो छ । 

 

यमीलाई निकटबाट चिन्ने एकले भने, ‘पुजना थाइल्याण्ड जाँदा यमीकै घरमा बस्ने खाने गर्छिन् । त्यतिमात्रै होइन उनलाई जाने आउने टिकट किनिदिने पनि यमी नै हुन् । सिनेमाको रिलिजमा सहयोग गर्ने पनि यमी नै हुन् । त्यसमाथि यो सुपर मम भनिएको कार्यक्रमका लागि पनि यमीले आर्थिक सहयोग गरिनन् भन्ने विश्वास गर्न सकिन्न । निर्णायकहरुले नै यमीलाई प्रथम हुने गरी अंक दिएका थिएनौं भने पछि ताज किनेको हो कि भन्ने शंका बढ्यो ।’

 

विवादास्पद ताज लगाएर हालै उनले रंगूनमा समता स्कुल उद्घाटन गरेको सन्दर्भमा ती निकटस्थ भन्छन्, ‘ताज जस्तो मूल्य चुकाएर भए पनि आफ्नो शीरमा आइसकेपछि त्यो आन्तरिक कुरा सबैलाई थाहा हुँदैन । आम मानिसका अगाडि ताज लगाएर बस्दा ‘म विशिष्ट मान्छे हुँ’ भन्ने प्रभाव दिन सकिन्छ । उनले त्यही गरिरहेकी छिन् ।’

 

विवादमा परेको प्रतिस्पर्धाका विषयमा फिल्म अभिनेत्री पुजना प्रधानले भने आरोपहरु असत्य भएको दावी गरिरहेकी छिन् । 
 

विशेष