केपी ओली गोमन साँप हुन् । प्रतिशोध साँधिरहन्छन् : सीपी मैनाली
नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का महासचिव रहनुभएका सीपी मैनाली अर्थात चन्द्रप्रकाश मैनाली मातहत प्रधानमन्त्री केपी शर्मा ओली राजनीति गर्नुहुन्थ्यो । सुखानी हत्याकान्डपछि दुवै नेताबीच मन फाट्यो । अहिले दुवै नेता भिन्नाभिन्नै पार्टीमा हुनुहुन्छ । मैनाली केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्नुभएका बेला मैनाली उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीलाई नजिकबाट बुझेका उनै मैनालीसँग हामीले प्रधानमन्त्रीको चरित्र, व्यवहारबारे बुझेका छौँ । आफ्नो अन्तवार्ताका क्रममा उनले प्रधानमन्त्री ओलीलाई गोमन साँपझै प्रतिशोधी भावना भएको व्यक्तित्वको रुपमा चित्रण गरे । उनी भन्छन् –‘ केपी ओली गोमन साँप झैँ चरित्रका छन् ।’
वर्तमान गठबन्धन स्वार्थको झुण्ड भएको भन्दै मैनालीले यो गठबन्धन दिगो नहुने ठोकुवा गरे । उनले प्रधानमन्त्री ओलीलाई अवसरवादी चरित्रका व्यक्ति भएको तथा फाइदाका लागि जे पनि गर्ने आरोप लगाएका छन् । ओली पञ्चायतकालमैँ चार करोडमा बिक्न खोजेको उनको आरोप छ ।
उनले भने –‘यो सरकार स्वार्थ अनुकूल मात्रै चल्छ । गुठी विधेयक पनि कार्यकर्ता पोस्न ल्याइएको हो । यस गठबन्धनको अन्तिम कार्यदिशा सर्वसत्तावाद लागु गर्ने हो । प्रचण्डसँगको सहमति पनि स्वार्थ अनुरुप मात्रै कार्यान्वयन हुन्छ । ’
मैनालीले प्रधानमन्त्रीसँग किन यति धेरै कटु आलोचना गरे त ? उनी भन्छन् – ‘मैँले कुनै पूर्वाग्रह राखेर आलोचना गरेको होइन । वास्तविकता बताएको हो । ’ प्रधानमन्त्रीले पूर्वाग्रह राखेका कुनै उदाहरण छन् त ? उनले भने –‘ त्यस्ता अनगिन्ती उदाहरण छन् । ’
गुठी विधेयक कार्यकर्ता पोस्न ल्याइएको विधेयक हो भन्दै उनले १४ वर्ष उत्पीडनमा परेको मान्छेले मिडिया विधेयक ल्याउने, सेना परिचालन गर्न जालसाझी गरेर सुरक्षा परिषद्सँगको विधेयक ल्याउने भनेर सोच्नु गलत भएको टिप्पणी गरे । सरकारले हजारौँ सानातिना कुराहरु गर्न बाँकी रहेको भन्दै आकर्षक घोषणापत्र बनाएर भोट ल्याइसकेपछि अब लम्ब्याउनेमा लागेको उनको आरोप छ ।
रोजगारी दिन्छु भनेर अरबौँ रुपैयाँ भ्रष्टाचार गर्न प्रधानमन्त्री रोजगार कोष तय गरिएको छ । यो जरुरी छैन । उनले भने –‘ओली महत्वाकाँक्षी हुन् । उनी महत्वाकांक्षा पालेका मानिस हुन् । जेलमा बसेका बेला ४ करोड कसैले दिएका भए उनी त्यसबेला नै पञ्चायतका लागि लागिसक्थे । ’ उनै मैनालीसँग गरिएको कुराकानीको अंश :