खेल

विश्वकप क्रिकेटमा आज दुई खेलः अफगानिस्तानले भारत र वेस्ट इण्डिजले न्युजिल्याण्डको सामना गर्ने 

विश्वकप क्रिकेटमा आज दुई खेलः अफगानिस्तानले भारत र वेस्ट इण्डिजले न्युजिल्याण्डको सामना गर्ने 


काठमाडौँ । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा आफगानिस्तानले अपराजित टोली भारतको सामना गर्नेछ भने दोस्रो खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच भिड्दैछन् ।


साउथह्याम्पटनको रोज बल रंगशालामा दिउसो सवा तीन बजे हुने खेलमा अफगानिस्तान र भारत मैदानमा उत्रिनेछन् भने दोस्रो खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा साँझ सबा छ बजे सुरु हुनेछ । 


अहिलेसम्म भएका चार खेलमध्ये तीनमा विजयी भएको भारतले बर्षाका कारण एक खेलमा अंक बाँडेको छ । अफगानिस्तानले हालसम्म खेलेका ५ ओटै खेलमा जित निकाल्न सकेको छैन ।

 

न्युजिल्यान्ड पनि जारी विश्वकपमा अपराजित टोली हो । पाँच खेल खेलेको वेस्ट इन्डिजले भने एक खेल मात्र जितेको छ । 

विशेष