कमजोर अफगानिस्ताविरुद्ध भारतलाई प्रारम्भमै झट्का, रोहित शर्मा १ रनमा आउट
इङल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले भारत र अफगानिस्ताबीच खेल भैरहेको छ । साउथह्याम्पटनमा जारी खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतलाई अफगानिस्तानले दवावमा राखेको छ ।
तुलनात्मकरुपमा निकै कमजोर रहेको अफगानिस्तानले भारतका विष्फोटक ब्याट्सम्यान रोहित शर्मालाई १ रनमा आउट गरेको छ । रहमानको बलिङमा शर्मा मुजिबको हातबाट समातिएका थिए ।
६ ओभरको खेल सकिदासम्म भारतले १८ रन मात्र बनाएको थियो । यसअघि भारतले दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानलाई हराएको थियो । न्युजिल्याण्डसंग भने वर्षाका कारण अंक बाँडेको थियो ।