समता अस्पतालको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन
काठमाडौँ । समता अस्पतालको घटनामा संलग्न लाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । आईतबार स्थानीयले निकालेको प्रदर्शन काठमाडौँको गौशालामा प्रहरी कार्यालयमा पुग्दा प्रदर्शनकारीले यातायात अवरुद्ध पारेका थिए ।
त्यसपछि प्रहरीले लाठीचार्ज गरी रोक्न खोजेको थियो । समता अस्पतालमा सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको यही असार २ गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।