Technology

विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै 

विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै 

 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडोभन्दा  बढीको आयोजना जिम्मा दिने निर्णय गरेको छ । 


प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम स्थापनाका लागि मलेसिया न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानीलाई सम्झौताका लागि आउन पत्राचार गरेको छ । यो कम्पनीमाथि मलेसियामा प्रयोगकर्ताको तथ्यांक सुरक्षित गर्न नसकेको आरोप छ । 


मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो । 

कान्तिपुर दैनिकबाट 
 

विशेष