विश्वकपमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै
काठमाडौैँ । ईंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धामा उत्रिँदैछन् । लर्ड्समा दिउँसो सवा तीन बजे हुने खेलमा दुवै टिम खराब प्रदर्शनमा सुधार गर्दै जीत निकाल्ने प्रयत्नमा हुनेछन् । यसअघि एउटा खेलमात्रै जितेका दुबै टोली दोस्रो जितको खोजीमा छन् ।
पाँच खेलबाट जम्मा ३ अंक जोडेको पाकिस्तान पुछारबाट एक स्थानमाथि रहेको छ ।
६ खेलबाट ४ हार व्यहोरेको दक्षिण अफ्रिकाको पनि ३ अंक मात्रै छ । दुई टोलीबीच भएको पछिल्ला पाँच खेलमा दक्षिण अफ्रिकाले तीन र पाकिस्तानले दुई खेलमा जित निकालेका छन् ।