विराट कोहलीमाथि कारबाही
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ । ईंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उल्लंघन गरेपछि कोहलीलाई कारबाही गरिएको हो ।
कारबाहीस्वरुप कोहलीलाई म्याच फि को २५ प्रतिशत जरिवाना गरिएको छ । आईसीसीको लेभल १ को धारा २.१ नियम उल्लंघन गरेको आईसीसीले जनाएको छ । कोहलीले अफगानिस्तानविरुद्ध धेरै पटक आउटको अपील गरेका थिए ।