मुख्य समाचार

पौडेल दोहोरो झडपमा मारिएका हुन् : गृहमन्त्री 

पौडेल दोहोरो झडपमा मारिएका हुन् : गृहमन्त्री 


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल दोहोरो झडपमा मारिएको बताउनुभएको छ ।  संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले गस्तीमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा पौडेल मारिएको दाबी गर्नुभयो । 


सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा गत ५ गते  प्रहरीको गोली प्रहारबाट पौडेलको ज्यान गएको थियो ।  

 

प्रहरीसँगको जवाफी कारवाहीमा अन्य तीन जना भने जंगलतर्फ भागेको र त्यसक्रममा प्रहरीले प्रहार गरेको गोली अर्को एक जनालाई लागेको आशंका गरिएको पनि गृहमन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो । 

 

घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली ६ थान बरामद गरेको जानकारी पनि मन्त्री थापाले बताउनुभयो ।  
 

विशेष