मुख्य समाचार

चौधरीलाई १४ किलोको फलामको नेल लगाएकोमा सांसदहरुको विरोध 

चौधरीलाई १४ किलोको फलामको नेल लगाएकोमा सांसदहरुको विरोध 


काठमाडौँ । निलम्बित सांसद एवं कैलालीको टीकापुर काण्डका मुख्य दोषी रेशम चौधरीलाई नेल लगाएर अस्पतालमा उपचार गरिएको घटनाप्रति सांसदहरुले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले चौधरीमामाथि अमानवीय व्यवाहार गरिएको भन्दै विरोध प्रकट गरे ।

 

समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठ र राजपाका सांसद एकवाल मियाँ माओवादी आन्दोलनमा लागेकाहरु माथि कारबाही नभएको अवस्थामा रेशम चौधरीलाई मात्र राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाएको दावी गर्नुभयो ।

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कि सचेतक पुष्पा भुषाल र सांसद मीन विश्वकर्माले उपचारको क्रममा रहेको मानिसलाई नेल लगाउनु कानून विपरीत हुने बताउनुभयो ।

 

चौधरीलाई वीर अस्पताल भर्ना भएका बेला १४ किलोको फलामे सांङलोले बाँधिएको तस्वीर सार्वजनिक भएपछि प्रधानमन्त्रीले तत्काल दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको थियो । 

विशेष