खेल

पाँच पटकको विश्व विजेता अष्ट्रेलियासँग भिड्दै इंग्ल्याण्ड

पाँच पटकको विश्व विजेता अष्ट्रेलियासँग भिड्दै इंग्ल्याण्ड

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार अष्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै छन् । यी दुई टिमबीचको खेल लन्डनस्थित लर्ड्समा  नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । उत्कृष्ट लयमा देखिएका यी दुई टिम सेमिफाइनल दौडमा छन् ।

 

आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । तर, तेस्रो खेलमा भने भारतसँग ३६ रनले हार बेहोरेको थियो । त्यसपछि लगातार तीन खेलमा जीत निकाल्ने क्रममा अष्ट्रेलियाले पाकिस्तानलाई ४१, श्रीलंकालाई ८७ र बंगलादेशलाई ४८ रनले पराजित गर्न सफल भयो ।  यता  आयोजक टिम इंग्ल्याल्याण्ले पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हारको स्वाद चाख्यो ।  

 

तेस्रो खेलमा भने इंग्लिश टिमले बंगलादेशलाई १०६ रनले हरायो । त्यसपछि वेष्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्डले श्रीलंकाविरुद्धको खेलमा भने २० रनले हार्दै ६ खेलमा ८ अंक मात्रै बनाउन सकेको हो । विश्वकपमा हलसम्म इंग्ल्याण्ड–अष्ट्रेलिया ७ पटक एकआपसमा भिडेका छन् जसमा ५ मा अष्ट्रेलिया र २ खेलमा मात्र इंग्लयाण्डले जीत हासिल गरेको छ ।  
 


अष्ट्रेलियाको पूरा टिमः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, शन मार्स, मार्कस स्टोइनिस, मिचेल स्टार्क, एलेक्स क्यारी, एडम जम्पा, जसन फेहनड्रफ, नाथन कल्टर नाइल, नाथन लायन, केन रिचार्डसन र प्याट कमिन्स ।

 

इंग्ल्याण्डको पूरा टिमः इयोन मोर्गन (कप्तान), जोनि बेरिस्टो, जेसन रोय, जोस बटलर, मोइन अली, जो रुट, बेन स्टोक्स, टम कुरान, लियाम प्लेङकट, क्रिस ओक्स, आदिल रशिद, मार्क उड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

विश्वकप क्रिकेट अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड

विशेष