Technology

‘क्लिन फिड’ लागू भए अर्बौंको बजार बढ्ने

‘क्लिन फिड’ लागू भए अर्बौंको बजार बढ्ने

काठमाडौं । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार ३ बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति बेला ‘क्लिन फिड’ चर्चामा छ ।  टेलिभिजन च्यानल प्रसारण बन्द गरेका नेपाल केबल टेलिभिजन महासंघ र इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले प्रस्तावित विज्ञापन ऐन, २०७६ अनुसार क्लिन फिड लागू भए टेलिभिजन प्रसारण गर्न समस्या हुने दाबीसाथ सांकेतिक रूपमा प्रसारण बन्द गरिएको जनाउँदै आएका छन् । तर, क्लिन फिड पूर्ण रूपमा लागू भए त्यसले नेपालको विज्ञापन बजारको आकार अर्बौं रुपैयाँले बढाउने र सरकारको राजस्व वृद्धि गर्न सहयोग पुग्ने सम्बन्धित सरोकारवालाको भनाई छ । 

 

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ (१) अनुसार ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ उल्लेख छ । त्यस्तै सोही दफाको उफदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख गरिएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

क्लिन फिड

विशेष