खेल

ब्राजिलका फुटबल स्टार नेमारमाथि बलात्कारको आरोप

ब्राजिलका फुटबल स्टार नेमारमाथि बलात्कारको आरोप

ब्राजिल– एक अज्ञात महिलाले ब्राजिल फुटबल स्टार स्ट्राइकर नेयमारमाथि बलात्कारको आरोप लगाएकी छन् ।

शनिबार ब्राजिलका स्थानीय मिडियामा प्रकाशित रिपोर्टअनुसार नेयमारले आफूलाई पेरिस होटलमा रेप गरेको ती महिलाको आरोप लगाएकी हुन् । आफूले प्रतिकार गर्दा नेयमारले कुटपिटसमेत गरेको ती महिलाको आरोप छ।

नेमारमाथि बलात्कारको आरोप लगाउने महिला पनि ब्राजिलकै भएको बताइएको छ । उनले भनेकी छन् – ’नेयमारसँग म इन्स्टाग्रामबाट साथी भएकी थिएँ । हामी एक अर्कासँग कुरा गर्न थाल्यौं । एक दिन नेयमारले मलाई पेरिस जाने प्रस्ताव राखे मैले हुन्छ भनेँ । होटल पुग्दा नेयमार नशामा थिए । जब हामी कुराकानी गर्दै थियौं नेयमारले गलत तरिकाले छुन थाले, मैले विरोध गर्दागर्दै मलाई कुटपिट गरेर मसँग जबरजस्ती शारीरिक सम्बन्ध राखे ।’

नेयमारका बुवाले ती महिलाको भनाइलाई खण्डन गरेका छन्। उनले ती महिलाले पैसाका लागि आफ्ना छोरालाई ब्ल्याकमेल गरिरहेको बताएका छन् । उनी भन्छन् – ‘यसमा कुनै सत्यता छैन । मेरो छोराले कुनै अपराध गरेको छैन । पैसाका लागि ती महिलाले मेरो छोरालाई फसाएकी हुन् ।’

मिडिया रिपोर्टका अनुसार यो घटना मे १५ देखि १७ को बीचमा भएको हो तर ती महिलाले ३१ मेमा उजुरी दिएकी हुन् ।

बलात्कार नेमार

विशेष