मुख्य समाचार

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

मंगलशेन । अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको ज्यान गएको छ । अछामको चौरपाटी गाउँपालिका वडा–२ शोकटस्थित कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३  विद्यार्थीको ज्यान गएको हो । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन्।

 

मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा–२ का दशपल्ले माविबाट यस वर्ष एसई परीक्षा दिएको रमेश साउँद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।  

ट्रयाक्टर दुर्घटना अछाम विद्यार्थी

विशेष