खेल

विश्वकपः न्यूजिल्याण्ड विरुद्धको खेल जित्नैपर्ने दबाबमा पाकिस्तान

विश्वकपः न्यूजिल्याण्ड विरुद्धको खेल जित्नैपर्ने दबाबमा पाकिस्तान

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । जारी विश्वकपमा पनि न्यूजिल्याण्ड उत्कृष्ट लयमा देखिएको छ । उसले ७ खेल मध्ये ६ खेलमा जीत हासिल गरेको छ । भारतसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । न्यूजिल्याण्डले आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ । तर, हारेमा बाँकी रहेका दुई खेलमध्ये एक खेलमा जीत हात निकाल्नु पर्ने हुन्छ ।


पाकिस्तान भने आजको खेलमा जसरी पनि जीत हात पार्ने लक्ष्यमा छ । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि न्यूजिल्याण्डलाई उसले पराजित गर्नै पर्ने हुन्छ । यदि न्यूजिल्याण्डसँग हारेमा पाकिस्तानको विश्वकप यात्रा समाप्त हुनेछ । ६ खेलबाट पाँच खेलमा जीत र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्यूजिल्याण्ड ११ अंकका साथमा तालिकाको दोस्रो स्थानमा छ । यता, पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जीत, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंकका साथमा लिगको सातौं स्थानमा छ ।

 

पाकिस्तानको पूरा टिमः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिश सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहब रियाज र शाहिनशाह अफ्रिदी ।

 

न्यूजिल्याण्डको पूरा टिमः केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेट बोल्ट, टिम साउथी, म्याट हेनरी, लकी फर्गुसन र इश सोधी ।

 

विश्वकप क्रिकेट न्यूजिल्याण्ड भर्सेस पाकिस्तान

विशेष