सशस्त्रले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश छ विकेटले पराजित भयो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो ।
७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिमा ७४ रन बनाएको थियो ।