वेष्टइण्डिजविरुद्ध भारतलाई प्रारम्भमै झट्का, रोहित शर्मा चलेनन्
विश्वकप क्रिकेट अन्तर्गत वेष्टइण्डिजविरुद्धको खेलमा भारतलाई सुरुमै झट्का लागेको छ । इङल्याण्डको म्यानचेष्टरमा जारी खेलमा टस जितेर भारतले पहिले ब्याटिङको निर्णय गरेपनि सुरुवात भने राम्रो हुन सकेन ।
भारतका स्टार ब्याट्सम्यान रोहित शर्मा १८ रनमा आउट भए । उनी रोचको बलमा आउट भएका हुन् । आउट हुनुअघि उनले २३ बल सामना गर्दै एक चौका र एक छक्का प्रहार गरेका थिए ।
भारत अंक तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जित हासिल गरे उसको सेमीफाइनल यात्रा सहज हुनेछ । वेष्टइण्डिजले भने ६ खेलमा एउटा मात्र जित हासिल गरेको छ ।