खेल

विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र भारत भिड्दै

विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र भारत भिड्दै

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार भारत र वेस्ट इन्डिज खेल्दै छन् ।  यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ३ः१५ बजेदेखि म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुनेछ । वेस्ट इन्डिज ‘गर या मर’ को अवस्थामा छ । आज वेस्ट इन्डिज पराजित भए विश्वकपबाट बाहिरिने छ ।


पाँच खेलमध्ये ४ खेलमा जीत र एक खेल वर्षाको कारण अंक बाँडेकाले भारत भने स्पष्ट जीतको खोजीमा छ । अंक तालिकामा भारत ९ अंकका साथ तेस्रो स्थानमा छ । वेस्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जीत हात पार्नुपर्ने हुन्छ । वेस्ट इन्डिजले ६ खेलबाट एकमा जीत, ४ खेलमा हार र एक खेल वर्षाका कारण अंक बाँड्दै तीन अंक जोडेको छ ।  


भारतको पूरा टिमः महेन्द्रसिंह धोनी, विराट कोहली (कप्तान), रोहित शर्मा, दिनेश कार्तिक, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह, ऋषभ पन्त, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी,  भुवनेश्वर कुमार, युजविन्द्र चाहाल, हार्दिक पाण्ड्या र विजय शंकर ।

 

वेस्ट इन्डिजको पूरा टिमः क्रिस गेल, कार्लोस ब्राथवेट, जसन होल्डर (कप्तान), शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटमायर, इभिन लुइस, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोट«ेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।
 

विश्वकप क्रिकेट वेस्ट इन्डिज भर्सेस भारत

विशेष