युवतीलाई यातना दिने ‘धर्तीमाता’ प्रहरीको नियन्त्रणमा

काठमाडौं । आफूलाई धर्ती माता भनेर युवतीलाई यातना दिने विष्णु कुँवर महिला पक्राउ परेकी छिन् । उनी शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी हुन् । धर्तीमााता भनिने विष्णुलाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले जानकारी दिए ।
नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा एक साताअघि उनले युवतीलाई यातना दिएकी थिइन् । भिडियो सार्वजनिकपछि प्रहरीले उनलाई बयानका लागि बोलाएको छ । साथै पीडितलाई उजुरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ ।