दरबारभित्रको त्यो दृश्य
त्यो शुक्रबार म दिनभर अफिसको काममै थिए“ । सबै काम सकेर सा“झ ६ बजे बाहिर निस्कने बेला सरकारको एडीसी अफिसमा फोन गरे“ । एडीसी सुन्दरप्रताप रानास“ग कुरा भयो । ‘आज अरू केही काम छ कि ?’ भनेर सोधे“ । जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारीबारे हामीबीच केही बेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यवस्थापनबारे हुकुम भएको छ, त्यो सवारी सम्बन्धी अरू केही कुरा छ ?’ भनेर मैले सोधे“ । सुन्दर कर्साबले ‘आज खासै अरू केही छैन, सरकारको दर्शनभेट छ, संवाद सचिवले दर्शनभेट गराउ“दै हुनुहुन्छ’ भन्नुभयो ।
शुक्रबार बिहान संवाद सचिव मोहनबहादुर पाण्डेको जाहेरी थियो । उहा“को सचिवालय सम्बन्धी काम सैनिक सचिवालयलाई त्यति धेरै थाहा या चासो हु“दैन पनि । आ– आआफ्नो काम गर्ने हो । त्यो सा“झ उहा“ले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमाललाई वीरेन्द्र सरकारस“ग दर्शनभेटको समय मिलाउनुभएको थियो । सायद त्यो सा“झ उहा“का लागि मात्र दर्शनभेटको कार्यक्रम निर्धारण भएको थियो । अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरू करिब ४५ मिनेट राज भएको थियो । त्यहा“ युवराजाधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजाधिराज त्यहा“ एक शब्द पनि बोलिबक्सेन । सा“झ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरू सबै सचिवहरू जाने भन्ने उर्दी थियो । ६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्के“ ।
शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रुम थियो । त्यही“ गएर ड्रेस चेन्ज गरे“ । त्यही बेला मैले डा. दुमन थापालाई फोन गरे“ । उहा“ मेरा साथी । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नया“बजारमा । डा. दुमन र म भेटियौ“ । ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नया“बजारस्थित साथीको घर गयौ“ । हामी त्यहा“ पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौ“ । त्यस्तै ९ बजेर १५÷१६ मिनेट गएको थियो, मेरो मोबाइल बज्यो । घरबाट गीता (श्रीमती) ले फोन गरेकी रहिछन् आयो । निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहा“ हो ? महेन्द्र मन्जिल एडीसी अफिसबाट फोन आएको थियो ।’
मलाई अचम्म लाग्यो । महेन्द्र मन्जिल एडीसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडीसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजाधिराजको । मैले तुरुन्तै महेन्द्र मन्जिल एडीसी अफिसमा फोन गरे“ । ‘त्यहा“बाट मलाई फोन गरेको हो ?’ भनेर सोधे“ । ‘होइन’ भन्ने जवाफ आयो । ड्युटीमा एक जना लप्टन थिए । उनले ‘उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि ?’ भने । यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौ“ तरङ्गहरू जन्मायो । मैले तुरुन्तै अन्नपूर्ण एडीसी अफिसमा फोन गरे“ । त्यहा“ फोन उठेन । त्यसपछि मलाई ‘समथिङ इज रङ’ भन्ने लाग्यो । तुरुन्तै म सबै कार्यक्रम छोडेर ‘राजदरबार जान्छु’ भनेर निस्किए“ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौ“, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइपर्यो, तपाईं तुरुन्तै सैनिक अस्पताल आउनुपर्यो ।’
त्यति बेला हामी सोह«खुट्टे आइसकेका थियौ“ । त्यही“बाट हामी तुरुन्तै गाडी मोडेर वीरेन्द्र सैनिक अस्पतालतिर लाग्यौ“ । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो । उहा“को स्वर पनि निकै आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिन“ । सायद तपाईंलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । मैले ‘सर, मलाई तुरुन्तै वीरेन्द्र अस्पताल आउनू भन्ने खबर आएको छ’ भनेर फोन राखिदिए“ । डा. दुमनले मलाई सैनिक अस्पतालमा छोडि दिनुभयो र उहा“हरू फर्कनुभयो ।
९ बजेर ३५÷३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधानसेनापति प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडीसी हुनुहुन्थ्यो । म भित्र पस्दै थिए“, उहा“स“ग जम्काभेट भयो । त्यही“ टीका धमला जर्साबस“ग पनि भेट भयो । उहा“हरू दुवैले ‘सर, खत्तम भयो, खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहा“ कल्पनै नगरेको कारुणिक दृश्य देख्नुप¥यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य । जता हे¥यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीरहरू मात्र ढलेका थिए । वीरेन्द्र सरकार, बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसुफमा कही“कतै होस थिएन । मैले पनि मौसुफको नाडी छामे“ । शरीरमा अलिअलि मात्र तातो बा“की थियो । सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हताशामै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्स“दो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरे“ ।
त्यसपछि मैले सुन्दर कर्साबस“ग कुरा गरे“ । उहा“ले घटनाको बेलीविस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार दर्शनभेटको कार्यक्रम सकेर आप्mनो कार्यालयबाट त्रिभुवन सदन सवारी होइबक्स्यो । सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रुममा थियौ“ । भित्र पार्टी भइरहेको थियो । सरकारहरू सबै सवारी होइबक्सेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकाले सदाझै“ हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौ“ । शान्त थियो वातावरण । कही“कतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो । युवराजाधिराजबाट सुट भएछ । हामी ढोका फोरेर भित्र छि¥यौ“ । भित्र छिर्दा त सबै जना भुइ“मा ढलेको दृश्य मात्र देखियो । वीरेन्द्र सरकार पनि रक्ताम्मे अवस्थामा भुइ“मा ढलिबक्सेको थियो । तत्काल हामीले स्थितिलाई नियन्त्रण गर्ने कोसिस त ग¥यौ“, तर नहुनु भइसकेको थियो । गोली लागेका सबैलाई कहा“ लैजाने लैजाने भयो । हामीले सैनिक अस्पतालमै उपयुक्त हुन्छ भनेर यहा“ ल्यायौ“ । त्यस्तो बेला कोही–कसैस“ग सल्लाह गर्ने कुरा पनि भएन । त्यो अवस्थामा तत्काल जे मनमा आयो, हतार–हतारमा हामीले त्यही ग¥यौ“ । जर्साब, अब के गर्ने ?’ मैले सबैभन्दा पहिले पाएको जानकारी यही थियो । कस्तो पत्याउनै गार्हो ।
घटनास्थलमा रहेका सुन्दर कर्साबसहित अन्य एडीसी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार वीरेन्द्र सरकार रात्रिभोजमा सवारी हुनासाथ युवराजाधिराज रक्सी लागेको बहाना पार्दै भुइ“मा ढलिबक्सेछ । त्यहा“ उपस्थित सबैलाई युवराजाधिराज नशाले ढलेको भान भयो । युवराजाधिराज ढलेपछि सरकारलाई अधिराजकुमार नीराजन, शाहज्यादा पारस, कुमार गोरख र डा. राजीव शाहीद्वारा त्रिभुवन सदनभित्रकै खोपीमा लगिएछ । त्यही बेला दीपेन्द्र सरकारको कम्मरमा रहेको पेस्तोल झिक्न खोजियो । नशाले अचेत भए पनि युवराजाधिराजले उक्त पेस्तोल झिक्न दिइबक्सेनछ । युवराजाधिराजलाई खोपीमा सुताएर चारै जना पार्टी स्थल फर्कनुभयो । खोपीमा युवराजाधिराजस“ग भएका हतियार सधै“ क्याबिनेटमा हुन्थे । तर त्यो दिन बाहिरै थिए रे । महाराजाधिराज पार्टी स्थलमा सवारी भएपछि पार्टी चलिरह्यो । पार्टी स्थलमा सवारी होइबक्सेर सबैभन्दा पहिले वीरेन्द्र सरकारले मुमा बडामहारानीस“ग कुरा गरिबक्सेको रहेछ । त्यसपछि सरकार बिलियार्ड रुममा सवारी होइबक्सेछ । शाही रनर र नानी (द्वारे जमुना) का अनुसार अधिराजकुमार नीराजनसहित शाही नातेदारहरू खोपीबाट फर्केपछि दीपेन्द्र सरकारले पूरै कम्ब्याट ड्रेस लगाइबक्सेछ । ¥याम्बो र टर्मिनेटर सिनेमाका नायकले बोकेको जस्तो गरी युवराजाधिराज दीपेन्द्रले चार वटा बन्दुक (एमपी–५ सब मेसिनगन, एम–१६ एटु कमान्डो राइफल, अटोमेटिक १२ बोर गन र पेस्तोल) भिरिबक्सेछ । यसपछि पार्टी भइरहेको बिलियार्ड बैठकमा सवारी भएर सर्वप्रथम एक राउन्ड सिलिङमा फायर गरेर सबैको ध्यान आकर्षण गरिबक्सेछ ।
त्यसपछि बिलियार्ड टेबलअगाडि राज होइबक्सेका आप्mना बुबा महाराजाधिराजलाई पहिलो राउन्ड गोली हानिबक्सेछ । गोली लागेर भुइ“मा ढलेपछि वीरेन्द्र सरकारबाट आप्mनो साथमा रहेको पेस्तोल झिक्न खोजिबक्सेको रहेछ । यसै क्रममा धीरेन्द्र शाहले दीपेन्द्रको बन्दुक खोस्न खोज्दा दीपेन्द्र सरकारबाट वीरेन्द्र सरकारलाई पुनः र अन्य सहभागीलाई पनि एमपी–५ सब मेसिनगनबाट अटोमेटिक फायर गरेर निसाना साधिबक्सेछ । यसपछि त्यहा“ कोलाहलको अवस्था सिर्जना भएछ । त्यहा“ जोजो उठे, सबै युवराजाधिराजको बन्दुकको गोलीको निसाना बनेछन् । त्यहा“बाट युवराजाधिराज बगै“चातिर सवारी भएछ । रात्रिभोजमा सहभागी प्रत्यक्षदर्र्शीका अनुसार त्यसै अवस्थामा गाली गर्दै बडामहारानीबाट युवराजाधिराजलाई पछ्याइबक्सेको रहेछ । त्यति बेला युवराजाधिराजले बडामहारानीलाई अगाडि नबढ्न चेतावनी समेत दिइबक्सेको रहेछ । तर बडामहारानीले पूरै आक्रोशमा आएर युवराजाधिराजको हतियार खोसेर दीपेन्द्र सरकारलाई नै गोली हान्न खोजिबक्सेको रहेछ । सुत्ने कोठा (खोपी) सम्म पुग्न लाग्दा पनि बडामहारानीले पछ्याइरहेपछि युवराजाधिराजले आप्mनो खोपीबाहिर रहेको भ¥याङको शिरबाट, बडामहारानी भ¥याङमा उक्ल“दै गर्दा एमपी–५ सब मेसिनगनबाट अटोमेटिक बस्र्ट फायर गरिबक्सेछ । आधा टाउको गोलीले उडाएपछि बडामहारानी भ¥याङबाट भुइ“मा लडिबक्सेछ । यही समय नीराजन सरकार बडामहारानीलाई पछ्याउ“दै बङ्गलानजिक पुगिबक्सेको रहेछ । त्यही बेला युवराजाधिराजको आखिरी निसानामा नीराजन सरकार समेत परिबक्सेछ ।
यस बेलासम्म दीपेन्द्र सरकारको हातमा रहेको एमपी–५ सब मेसिनगनको म्यागजिनमा गोली सकिएको थियो । साथै एम–१६ एटु कमान्डो राइफलको पनि म्यागजिनमा गोली समाप्त भएको थियो । त्यसपछि युवराजाधिराजमा ‘सिक्थ सेन्स’ आएको हुनुपर्छ । साधारणतया यस किसिमका हत्याराहरू अरू सबै सकिएपछि अन्त्यमा आफै“ले आफै“लाई सुट गर्ने मनोवैज्ञानिक स्थितिमा पुगेका हुन्छन् । अब सबै समाप्त भयो, मेरो पनि बा“च्ने केही आधार छैन भन्ने विचार गरेर होला, युवराजाधिराजले आप्mनो बाया“तर्फ वेप बेल्टमा रहेको पेस्तोल निकाली बाया“ हातले बाया“ कन्चटमा एक गोली हिर्काएर आफू त्यसैबाट ढलेको देखिन्छ । मौसुफको दाहिने हातमा एमपी–५ बन्दुक थियो, गोली सकिएको अवस्थामा । उद्धारका क्रममा दीपेन्द्र सरकारको बाया“ हातमा रहेको पेस्तोल छेउकै पोखरीमा खसेको थियो । अन्य हतियारहरू सुरक्षाकर्मीले सरकारको शरीरबाट निकालेर यत्रतत्र फालिएको अवस्थामा थिए । यस्तो अवस्था भएपछि ड्युटीमा रहेका एडीसी र अन्य सुरक्षाकर्मी मिलेर सबै घाइतेहरूलाई उठाउ“दै वीरेन्द्र सैनिक अस्पताल लगेका रहेछन् । त्यस क्रममा सबैभन्दा अन्त्यमा बडामहारानीलाई फेला पारिएको रहेछ ।
युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल र धीरेन्द्र शाहलाई अपरेसन थिएटरमा राखिएको थियो । त्यो सबै दृश्य देखेपछि अब के गर्ने होला भनेर मेरो मनमा अनेक कुरा आउन थाले । मैले सोचे“, अब आत्तिएर हुन्न । त्यसपछि डाक्टरहरूस“ग कुरा गरे“ । बाहिरबाट डाक्टर झिकाउन पहल भइरहेको थियो । मैले पनि चा“डो गर्न सुझाव दिए“ । डा. गोविन्द शर्मा, डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइरालालाई बोलाउने कोसिस भइरहेको रहेछ । कोही आइसक्नुभएको थियो । डा. राजीव शाहीले विभिन्न डाक्टरलाई सैनिक अस्पतालमा आउन अनुरोध गरिरहनुभएको थियो । उहा“ पनि घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो । मैले बाहिर आएर प्रधानसेनापतिस“ग कुरा गरे“, ‘अब के गर्ने’ भनेर । हामी दुईले सल्लाह ग¥यौ“, सेनालाई स्ट्यान्डबाई ड्युटीमा राख्ने । सशस्त्र प्रहरी र प्रहरीलाई समेत आ–आप्mनो ड्युटीमा स्ट्यान्डबाई राख्ने कुरा तय भयो । शाही जङ्गी अड्डास्थित सैनिक अपरेसन (डीएमओ) खोल्नुपर्छ भन्ने सल्लाह भयो । त्यस अनुसार चिफसाबले त्यही“बाट डीएमओ सहायक रथी प्रदीपप्रताप बम मल्ल र युद्धकार्य महाशाखा प्रमुख महासेनानी दिलीप रायमाझीलाई खबर गर्नुभयो । सबैलाई आप्mनो जिम्मेवारीमा तैनाथ रहन आदेश ग¥यौ“ ।
यही बेला दीपेन्द्र सरकारका एडीसी राजु कार्कीले पोखरामा अधिराजकुमार ज्ञानेन्द्र सरकारस“ग सम्पर्क गरिरहनुभएको थियो । मोबाइलमा उहा“ले नै सरकारलाई घटनाबारे पहिलो जाहेरी गर्नुभएको थियो । सरकारको काठमाडौ“ सवारीका लागि हेलिकप्टर पठाउने तयारी गरियो । काठमाडौ“ एयरपोर्ट र पोखरा एयरपोर्टमा सेना परिचालन गरियो, रात्रि हवाई अवतरणका लागि । मेरो मनमा भने विभिन्न शङ्का–उपशङ्काका साथै कसरी समस्यास“ग जुध्ने भनेर अनेक तरङ्ग उब्जिरहेका थिए । सबै जना धेरै आत्तिएर दौडधूप गरिरहेको देखिरहेको थिए“ । तर त्यसले मात्र समस्याको समाधान नहुने थियो । अब समस्यालाई कसरी पार लगाउने भनेर एकदमै सोचे“ । तर केही उपाय पनि देखिरहेको थिइन“ । त्यस बेला मेरो मनले के भन्यो भने— यहा“ यताउता गरेर मात्र हु“दैन, एउटा निश्चित योजनाका साथ अघि बढ्यो भने मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ । यसैबीच सरकारहरूको हत्या भएको समाचार हावासरि फैलिन थाल्यो । मलाई चिन्ने विभिन्न साथीभाइ, नाता–सम्बन्ध सबैतिरबाट फोन आउन थाल्यो ।
क्षणक्षणमा म प्रधानसेनापतिस“ग छलफल गरिरहेको थिए“ । यसैबीच मैले वरिष्ठ जर्साबहरू, गृहसचिव, दुवै प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई फोन गरे“ । सबैलाई एउटै कुरा भने“, ‘दरबारमा ज्यादै संवेदनशील घटना घटेको छ । तपाईंहरू सबै आ–आप्mनो कार्यालयमा स्ट्यान्डबाई ड्युटीमा बस्नुहोला । आफू अन्तर्गतका सबै युनिटलाई समेत स्ट्यान्डबाई राख्नुहोला ।’ सेनाको बलाध्यक्ष रथी दुर्गानाथ अर्याल र बलाधिकृत रथी प्यारजङ्ग थापा हुनुहुन्थ्यो । त्यही बेला बलाधिकृत थापाको फोन आयो । उहा“लाई पनि मैले त्यही भने“ ।
राजदरबारको एडीसी अफिसमा फोन गरेर मैले सबै सचिवलाई तुरुन्त बोलाएर सचिवालयहरू खोल्न अह«ाए“ । मङ्गल सदन खोल्न भने“ । मेरो सचिवालयमा कार्यरत प्रमुख सेनानी कुमार बुढाथोकीलाई फोन गरेर कार्यालय खोलेर बस्न भने“ । साढे १० जति बज्दा हेलिकप्टर उडेको आवाज सुनियो । त्यो हेलिकप्टर पोखराका लागि उडेको थियो । तर केही बेरमै खराब मौसमका कारण पोखरा जान नसकेको खबर आयो । हामीलाई राति एभ्रो उड्न सक्छ भन्ने होस भएन । हामी खालि हेलिकप्टरको पछि लाग्यौ“ ।
त्यसपछि म दरबार गए“ । सिभिल लुगामा भएकाले अफिस पुगेर युनिफर्म लगाए“ । त्यतिन्जेल प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदनप्रसाद पोखरेल, संवाद सचिव मोहनबहादुर पाण्डे, प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधान आइसक्नुभएको थियो । हामी महाराजाधिराज सरकारको कार्यालय मङ्गल सदनको मिटिङ हलमा जम्मा भयौ“ । मैले सबै सचिवलाई त्यति बेलासम्म थाहा पाएको सबै वृत्तान्त जानकारी गराए“ । मेरो ख्यालमा त्यो बेलासम्म उहा“हरूलाई खासै जानकारी थिएन । एकदमै चा“डो–चा“डो हामीले के गर्ने भनेर निधो गर्नुपर्ने थियो । मैले नै प्रधानमन्त्रीलाई खबर गरेर यहा“ बोलाऔ“ कि बालुवाटार नै जाऔ“ भनेर कुरा राखे“ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पशुपतिभक्त महर्जनले फोन गरेर ‘एकदमै जरुरी भएकाले म भेट्न आउ“छु’ भन्नुभयो । उहा“ले बोलाएपछि प्रमुख सचिव प्रधानमन्त्री निवास, बालुवाटार जानुभयो । प्रधानमन्त्रीलाई यो कुराको अनौपचारिक जानकारी चाहि“ भइसकेको रहेछ । प्रधानमन्त्री र प्रमुख सचिव केही बेरमै राजदरबार आइपुग्नुभयो । साढे ११ बजिसकेको थियो । मैले नै प्रधानमन्त्रीलाई अहिलेसम्मका सबै घटना जानकारी गराए“ । प्रधानमन्त्री र हामी सचिवहरूले मङ्गल सदनमै छोटो छलफल ग¥यौ“ । प्रधानमन्त्रीले ‘यस्तो आपत्मा के गर्ने तपाईंहरू योजना बनाउनुस्, त्यस अनुसार श्री ५ को सरकारले आवश्यक सबै व्यवस्था मिलाउनेछ, बरु हामी सैनिक अस्पताल जाऔ“, त्यही“ बसेर सबै विषयमा छलफल गरौ“ला’ भन्नुभयो । उहा“को भनाइमा हामी सहमत भयौ“ र सबै जना अस्पताल पुग्यौ“ । त्यहा“को कारुणिक दृश्य देखेर प्रधानमन्त्री निकै भावविह्वल हुनुभयो । एक छिन त केही बोल्नै सक्नुभएन । त्यसपछि प्रधानमन्त्रीले मुमा बडामहारानी सरकारको दर्शन गर्नुभयो र डाक्टरहरूस“ग कुरा गर्नुभयो । के गर्ने कसो गर्ने भनेर उच्च चासो दिनुभयो । हरेक विषयमा प्रधानमन्त्रीले अग्रसरता लिन थाल्नुभयो । त्यति वृद्ध मान्छेको फुर्ती देखेर हामीमा पनि होस र जोस आयो । उहा“ कत्ति पनि आत्तिनुभएको देखिएन । घटनाले भावविह्वल हुनु त स्वाभाविक नै थियो ।
हामीले दरबारबाटै प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समिति सभापति डा. केशरजङ्ग रायमाझी र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले महासचिव माधवकुमार नेपाललाई खबर गरेका थियौ“ । डा. रायमाझी सैनिक अस्पताल पुगिसक्नुभएको रहेछ । दरबारबाटै उपप्रधानमन्त्री रामचन्द्र पौडेल र अन्य मन्त्रीलाई पनि घटनाबारे जानकारी गराइएको थियो ।
घटनास्थलको निरीक्षणपछि प्रधानमन्त्रीले ‘अधिराजकुमार ज्ञानेन्द्र कहा“ होइबक्सन्छ ?’ भनेर सोध्नुभयो । ज्ञानेन्द्र सरकार पोखरा भएको जानकारी गराएपछि उहा“ले ‘सबैभन्दा पहिले सरकारलाई काठमाडौ“ ल्याउनुप¥यो, त्यसपछि के गर्ने भनेर सल्लाह गरौ“ला’ भन्नुभयो । उहा“ले सुरक्षा प्रबन्ध राम्रोस“ग मिलाउन पनि सबैलाई निर्देशन दिनुभयो । यसैबीच सैनिक अस्पतालको माथिको अतिथि कक्ष, कार्यालय, बैठक कक्ष सबै खोलियो । प्रधानमन्त्री रातैभर अस्पतालमा बस्नुभयो । मुलुकमै समस्या आइपरेका बेला प्रधानमन्त्री अग्रसर नहुने प्रश्नै थिएन । उहा“ अस्पताल आएर बसेपछि काम गर्न धेरै सहज भयो । प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, एमाले महासचिव नेपाल आइसकेपछि प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझीसहित उहा“हरू सबै एउटै कोठामा बसेर घटनाबारे छलफल गर्दै अब कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्न थाल्नुभयो ।
प्रधानमन्त्री कोइराला क्षण–क्षणमा सोधिरहनुभएको थियो, ज्ञानेन्द्र सरकारको सवारी कति बेला हुन्छ भनेर । काठमाडौ“बाट हेलिकप्टर उड्ने क्रम जारी थियो । तर धेरै प्रयास गर्दा पनि काठमाडौ“ र पोखराबीचको खराब मौसमका कारण हेलिकप्टर पोखरा पुग्नै सकेन । ज्ञानेन्द्र सरकारलाई जसरी भए पनि काठमाडौ“ ल्याउनैपरेको थियो । मैले ‘अब हेलिकप्टरबाट सम्भव छैन, त्यतातिर नलागौ“, मोटरबाटै सवारीको प्रबन्ध गरौ“’ भनेर आफै“ले पोखरा फोन गरेर ज्ञानेन्द्र सरकारस“ग कुरा गरे“ । सरकारलाई काठमाडौ“को सबै स्थितिबारे जानकारी भइरहेकै थियो । मैले ‘हेलिकप्टर आउन सकेन, मोटरबाटै सवारी चलाउनुपर्ला, सुरक्षाको प्रबन्ध गरौ“ ?’ भनेर जाहेर गरे“ । त्यसपछि ३ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रकाशबहादुर बस्नेतलाई फोन गरेर ‘प्रहरी र सेनाको राम्रो सुरक्षा स्कर्टिङ सहित ज्ञानेन्द्र सरकारको काठमाडौ“का लागि सवारी चलाउनू’ भनी अह«ाए“ । यसरी रातको साढे २ बजे मोटरमा पोखराबाट काठमाडौ“का लागि सरकारको प्रस्थान भयो । हामीले काठमाडौ“बाट गजुरीसम्म हेलिकप्टर पठायौ“ ।
ज्ञानेन्द्र सरकारको पोखरा कार्यक्रमबारे हामीलाई केही थाहा थिएन । वीरेन्द्र सरकारलाई थाहा थियो होला । सरकारहरू कही“कतै जा“दा वीरेन्द्र सरकारलाई सोधेर जाने चलन थियो । ज्ञानेन्द्र सरकार चार–पा“च दिनअघि मात्र चितवन गइबक्सेको थियो भन्ने सुनेको थिए“ । सायद चितवनबाटै पोखरा सवारी होइबक्सेको थियो । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष होइबक्सेकाले सरकार कोषका कार्यक्रममा सरिक हुन चितवन र पोखरा सवारी भएको हुनुपर्छ । सरकारका साथमा प्रभुशमशेर जबरा र वीरेन्द्रबहादुर शाह (लव राजा) पनि हुनुहुन्छ भन्ने सुने“ । सरकार पोखराको रत्न मन्दिरनजिकै रहेको हिमा गृहमा राज होइबक्सेको रहेछ । अधिराजकुमार हिमालयले निर्माण गरेको बङ्गला भएकाले यसको नाम हिमा गृह राखिएको थियो । अधिराजकुमार हिमालयको निधनपछि अहिले यो बङ्गला ज्ञानेन्द्र सरकारको नाममा सरेको हो ।
राति ३ बजे म एक पटक पुनः दरबार गए“ । सरकारका एडीसीहरू र सैनिक प्रहरीका अधिकृतहरू गएर घटना घटेको त्रिभुवन सदनमा हे¥यौ“ । बिलियार्ड बैठकको सिसाको ढोका फुटेको थियो । घटनापछि भित्र जाने क्रममा एडीसीहरूले फुटाएका रहेछन् । गोलीका खोका यत्रतत्र छरिएका थिए । वीरेन्द्र सरकारको चस्मा र टोपी त्यही“ देखे“ । कैयौ“को हाते ब्याग र अन्य ससाना सामान छरपस्ट थिए । जताततै रगतैरगत । कोठामा पङ्खा र एसी चलिरहेको थियो, बत्ती बलिरहेको थियो । मैले सेन्ट्री थप्न लगाए“ । ‘कसैलाई पनि भित्र पस्न नदिनू, जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन दिनू’ भनेर म फेरि अस्पताल आए“ ।
हामी अस्पताल फर्कंदा वीरेन्द्र सरकार सहित अन्य सरकारहरूको स्वास्थ्यमा केही सुधार होला कि भन्ने आशा मारिसकिएको रहेछ । वास्तवमा अस्पताल पु¥याउनुअघि नै बाटोमा वीरेन्द्र सरकारको मृत्यु भइसकेको रहेछ । नया“ राजा घोषणा नगरेसम्म महाराजाधिराजको मृत्युको घोषणा गर्न नमिल्ने राजपरम्परा रहिआएको छ । त्यसैले अब के गर्ने भनेर हामी छलफलमा बस्यौ“ । सरकारको मृत्युको घोषणा कसरी गर्ने र कसलाई कसरी नया“ राजा बनाउने भन्ने कुरा बहुतै कठिन र जटिल थियो । त्यस अवस्थामा प्रधानमन्त्री, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी, सभामुख रानाभाट, एमाले महासचिवले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । राजदरबारका सबै सचिवहरू सक्रिय हुनुभयो । त्यहा“ प्रधानमन्त्री सहितको बैठक पटक–पटक बस्यो । बिहान राजपरिषद्को बैठक बोलाउने निधो भयो । बैठकमा महान्यायाधिवक्तालाई पनि बोलाउने तय भयो ।
बिहान ६ बजे हेलिकप्टर सैनिक अस्पतालमा अवतरण ग¥यो । प्रधानमन्त्री कोइराला, राजपरिषद्का सभापति डा. रायमाझी, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन र एमाले महासचिव नेपाल हेलिप्याडसम्म ज्ञानेन्द्र सरकारलाई लिन जानुभयो । प्रधान सेनापति र राजदरबारका हामी सचिवहरू पनि हेलिप्याडसम्मै गयौ“ । ज्ञानेन्द्र सरकार अस्पतालमा माथि सवारी भयो । ट्रमा सेन्टरमा सबैभन्दा पहिले राजा वीरेन्द्रको शव थियो । त्यसपछि रानी ऐश्वर्यको । अन्य शवहरू त्यही“ छोपेर राखिएका थिए । अपरेसन थिएटरमा युवराजाधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल, कुमार गोरख, केतकी चेस्टर र अधिराजकुमारी शोभाको अपरेसन भइरहेको थियो । अपरेसन थिएटरको कमी भएकाले डाक्टरहरूले अस्पतालको ड्रेसिङ रुममै पनि अपरेसन गरिरहनुभएको थियो । त्यो दिन डाक्टरहरूले ठूलै जोखिम मोलेर र साहसका साथ राम्रो काम गर्नुभयो । ज्ञानेन्द्र सरकारले अस्पतालको सबै दृश्य हेरेपछि प्रधानमन्त्री, राजपरिषद्का सभापति र प्रमुख सचिव पशुपतिभक्त महर्जनस“ग कुरा गरिबक्स्यो । सरकारको अनुहार मार्मिक र शोकविह्वल देखिन्थ्यो ।
सरकारको सवारीपछि सैनिक अस्पतालको पुस्तकालय हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझी र प्रमुख प्रतिपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो । हामी सचिवहरू पनि सहभागी भयौ“ । बैठकमा राजपरिषद्को बैठक बसेर त्यसले नया“ राजा घोषणा गर्ने तय भयो र यस घटनाको जा“चबुझ गर्नेबारे छलफल भयो । सरकारबाट घटना सम्बन्धी सबै छानबिन प्रक्रिया कानुन बमोजिम नै गर्न हुकुम भयो । साथै यस घटनामा मृत्यु भएका सबैको पोस्टमार्टम गर्न समेत निर्देशन बक्स्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जा“चबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो । मलाई के सम्झना छ भने, ‘यत्रो घटना घट्यो, अब यसको निष्पक्ष छानबिन हुनुपर्छ’ भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिनुभएको थियो । सुरुमा न्याय क्षेत्रका व्यक्ति मात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो । तर महासचिव नेपालले नै ‘होइन, पार्टीका वरिष्ठ नेताहरू र प्रतिपक्षका नेता समेत बसेर आयोग गठन गरौ“’ भनेर प्रस्ताव गर्नुभयो । साथै उहा“ले ‘यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधान न्यायाधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा मलाई समेत राख्नुहोस्’ भनी प्रस्ताव गर्नुभयो । बैठक सकेर फर्कने क्रममा समेत उहा“ले ‘आयोगमा म छुटु“ला नि †’ भनिरहनुभएको थियो । वास्तवमा उहा“को प्रस्ताव र तर्क सही पनि थियो । उहा“कै प्रस्तावलाई प्रधानमन्त्रीले समर्थन जनाउनुभएको हो । त्यही प्रस्ताव अनुसार प्रधान न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निधो भएको हो ।
राजपरिषद्को बैठकपछि दीपेन्द्र सरकारलाई नया“ राजा घोषणा गरियो । वीरेन्द्र सरकारको मृत्युको घोषणा समेत भयो । राजपरिषद्को बैठकद्वारा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक बनाउने निर्णय भयो । शनिबार दिउ“सो स्वर्गीय राजाको शव दाहसंस्कारका लागि आर्यघाट लैजानुपूर्व अस्पतालको प्राङ्गणमै ज्ञानेन्द्र सरकार, प्रधानमन्त्री कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् सभापति डा. रायमाझी, प्रमुख प्रतिपक्षी दलका नेता नेपाल लगायत वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा राजदरबार हत्याकाण्डबारे उच्चस्तरीय आयोग गठन सम्बन्धमा पुनः छलफल चल्यो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, सबै सुरक्षा अङ्गका प्रमुखहरू, श्री ५ को सरकारका केही सचिवहरू पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । छलफलपश्चात् बाहिरको वातावरण एकदमै तनावग्रस्त बन्दै गएका कारण उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय भएको कुरा तत्काल सञ्चार माध्यम मार्फत अनौपचारिक रूपमा सार्वजनिक गर्ने र औपचारिक रूपमा राज्यसहायक श्री ५ ज्ञानेन्द्रबाट घोषणा गर्ने तय भयो । यो कुरा प्रधानमन्त्री कोइरालाले प्रस्ताव गर्नुभएको थियो, जसमा त्यहा“ उपस्थित सबैले सहमति जनाएका थिए । त्यसपछि प्रमुख सचिव पशुपतिभक्त महर्जनले आयोगमा रहने सबै सदस्यलाई छेउमा गएर उहा“हरूको कानैमा आयोगको सदस्यमा बस्ने कि नबस्ने भन्नेबारे सोध्नु पनि भयो, जसमा सबै जनाले स्वीकृति जनाउनुभएको थियो । त्यसपछि राजदरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको कुरा सार्वजनिक गरियो । तर, आयोग गठन भइसकेपछि एमाले महासचिव नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।
यस्तो किसिमको दुर्घटना हु“दा के गर्ने, कानुनी रूपमा यसका केके उपाय छन् भनेर सोच्ने र विचार गर्ने समय थिएन हामीस“ग । अधिराजकुमार ज्ञानेन्द्रबाट मृत्यु भएका सबैको पोस्टमार्टम गरी कानुन अनुसार सबै प्रक्रिया पूरा गर्न हुकुम भएको हो । पोस्टमार्टमका लागि डा. हरिहर वस्ती, प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधि समेत झिकाइसकिएको थियो । सरकारी वकिल पनि अस्पतालमै झिकाउने तयारी भइरहेको थियो । घटनाको फाइल तयार पार्ने काम चलिरहेको थियो । यसैबीच मुमा बडामहारानीबाट ‘महाराजाधिराजको शरीर चाहि“ नचिर्ने हो कि ?’ हुकुम भयो । अनि प्रधानमन्त्री कोइराला पनि यस कुरामा सहमत हुनुभयो । उहा“ले ‘घटना यो व्यक्तिले गराएको हो भन्ने स्पष्टै छ, मृत्युको कारण सबै छर्लङ्ग छ“दै छ’ भन्नुभयो । यसपछि केका लागि पोस्टमार्टम गर्ने भन्ने धेरैको तर्क आयो । सोही अनुसार पोस्टमार्टम नगर्ने कुरा तय भयो । त्यो बेलाको परिस्थिति नै कस्तो थियो भने तत्काल जेजे आइपर्छ, त्यति बेला मनमा जे विचार आउ“छ, यो सही भन्ने लाग्यो भने तत्कालै निर्णय लिनुपर्दथ्यो । यस्ता कुराको निर्णय लिने को हो त ? यसको इन्चार्ज हुने कुरा नै भएन । नया“ राजाको घोषणा गर्न भने सबैभन्दा महत्वपूर्ण भूमिका राजपरिषद्को हुने भयो । त्यसैले शनिबार बिहानै राजपरिषद्को बैठक बोलाइयो । बैठकले राजा वीरेन्द्रको स्वर्गारोहण भएको घोषणा गर्नुका साथै नेपालको राजकीय परम्परा अनुसार होसमा नभए पनि युवराजाधिराज दीपेन्द स्वर्गे नभएकाले सरकारलाई नै राजा बनाउने निर्णय ग¥यो । साथै राज्यसहायकका रूपमा अधिराजकुमार ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णय ग¥यो । दीपेन्द्र सरकारको उपचार भइरहेको थियो । बा“च्ने आशा लगभग थिएन । तर पनि चिकित्सकले मृत्युको घोषणा नगरेकाले सरकारलाई राजा घोषणा गर्न बाध्य हुनुपरेको थियो । परम्परा अनुसार राजगद्दी खाली राख्नु हुन्न । नेपालको कानुन र राजपरिषद्को कार्यविधि अनुसार नै दीपेन्द्र सरकारलाई राजा घोषणा गरिएको थियो । राजपरिषद्का सभापति डा. रायमाझीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री कोइराला, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, प्रधान न्यायाधीश उपाध्याय, प्रमुख प्रतिपक्षी दलका नेता नेपाल, उपप्रधानमन्त्री पौडेल, भूतपूर्व प्रधानमन्त्रीहरू, प्रधान सेनापति, महान्यायाधिवक्ता लगायतको पूर्ण उपस्थिति थियो । बैठकमा कोहीकसैले पनि दीपेन्द्रलाई राजा घोषणा गर्नु हुन्न भनेनन् । न कसैले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायकको जिम्मेवारी दिने कुराको विरोध नै गरे । अझ प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेता लगायतबाटै यो प्रस्ताव आएको थियो ।
नया“ राजा घोषणा गरियो तर राज्यारोहण गर्न सकिएन । परम्परा अनुसार राजाको स्वर्गारोहण हु“दा पहिले नया“ राजाको राज्यारोहण गर्ने अनि मात्र स्वर्गीय राजाको दाहसंस्कार गर्ने प्रचलन थियो । यस पटक यसो गर्न सकिएन । यस्तो भएको पनि नेपालको इतिहासमा पहिलो पटक नै थियो । यसै क्रममा स्वर्गीय राजा–रानी लगायत राजपरिवारका स्वर्गीय सदस्यहरूको एकै पटक दाहसंस्कार गर्नुपर्ने भयो । सेनाका लागि यो पनि ठूलै जिम्मेवारी थियो । एकातिर सारा सुरक्षाको व्यवस्था मिलाउनु थियो भने अर्कातिर एकै पटक यति धेरै सङ्ख्यामा आर्यघाटमा दाहसंस्कारको प्रबन्ध गर्नु थियो । परम्परा अनुसार ब्राह्मणहरूले शव बोकेरै आर्यघाटसम्म पुग्नुपर्ने । पा“च वटा चिता तुरुन्त बनाउनुपर्ने भयो । अन्तिम सलामीको व्यवस्था गर्नुप¥यो, एकै पटक ।
राजा सम्बन्धी प्रशासनिक र कानुनी सबै काम प्रमुख राजदरबार पदाधिकारी र प्रमुख सचिवालयले तथा सुरक्षा प्रबन्ध र दाहसंस्कारस“ग सम्बन्धित सबै काम सैनिक सचिवालयबाट हेर्ने गरी कामको बाडफा“ड गरियो । यसमा मलाई प्रधान सेनापति प्रज्वल्लशमशेर जबराले निकै मदत गर्नुभयो । गृहसचिव श्रीकान्त रेग्मीको सहयोग पनि उल्लेखनीय रह्यो । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा, प्रहरी महानिरीक्ष्ँकहरू प्रदीपशमशेर जबरा र कृष्णमोहन श्रेष्ठले पनि निकै कुशलतापूर्वक आफू मातहतका सुरक्षाकर्मीलाई परिचालन गरेर निकै महत्वपूर्ण सहयोग पुर्याउनुभयो ।
राजपरिषद्को बैठकपछि अधिराजकुमार ज्ञानेन्द्रबाट राज्यसहायकका रूपमा देशवासीका नाममा पहिलो सम्बोधन गर्ने तय भयो । राज्यसहायकले गर्ने सम्बोधनमा के विषय समेट्ने भनेर चार जना सचिवले तय गर्यौं । त्यसमा प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदन पोखरेल, संवाद सचिव मोहनबहादुर पाण्डे र म थियौ“ । सम्बोधन भाषण लेख्ने कामको जिम्मेवारी मुख्यतः संवाद सचिव र प्रमुख सचिवको हुन्थ्यो । यो सम्बोधनको ड्राफ्ट चाहि“ मोहनबहादुर पाण्डेले तयार पार्नुभएको थियो । ज्ञानेन्द्र सरकार र प्रधानमन्त्रीको सुझाव अनुरूप त्यो सम्बोधन तयार भएको थियो । राजदरबारका सचिवले सम्बोधन भाषण तयार पारेर सरकारबाट सहमति भएपछि अक्सर जानकारीका लागि प्रधानमन्त्रीलाई देखाउने चलन थियो । यो सम्बोधन भाषण पनि प्रधानमन्त्रीलाई देखाइयो । उहा“ले ‘हुन्छ’ भनेपछि सरकारबाट देशवासीको नाममा सम्बोधन गरिबक्स्यो ।
विवेक कुमार शाहको मैले देखेको दरबार पुस्तकबाट साभार ।
एडीसी अफिस शाही रक्षक वाहिनी