खेल

विश्वकपमा आज श्रीलंका र दक्षिण अफ्रिका खेल्दै

विश्वकपमा आज श्रीलंका र दक्षिण अफ्रिका खेल्दै

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा भइरहेको एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका खेल्दै छन् । यी दुई टिमबीचको खेल रिभरसाइड मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न श्रीलंकाले आज खेल जित्नै पर्ने हुन्छ ।

 

यदि हारेमा भने सेमिफाइनल पुग्ने श्रीलंकाको सपना कठिन हुनेछ । ६ खेलमध्ये दुई खेलमा जीत दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको श्रीलंका तालिकाको सातौं स्थानमा छ । दक्षिण अफ्रिका भने जारी विश्वकपबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जीत र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अंक बाँड्दै तीन अंक बनाएको छ ।  

 

श्रीलंकाको पूरा टिमः दिमुथ करुणारत्ने (कप्तान), धनन्जय डी सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना र जेफ्रिय भन्डर्सी ।

 

दक्षिण अफ्रिकाको पूरा टिमः फाफ डु प्लेसिस (कप्तान), डेभिड मिलर, क्विन्टन डि कक, हशिम अमला, ऐडन मारक्रम, रस्सी भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बी हेन्ड्रिक्स, लुंगी एन्गीडि, ड्यान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलक्वायो ।

विश्वकप क्रिकेट श्रीलंका भर्सेस दक्षिण अफ्रिका

विशेष