सिसडोलका स्थानीयबासी आन्दोलित
नुवाकोट । नुवाकोटको सिसडोलका स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । काठमाडौँको फोहोर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।
सिसडोलबासीले क्षतिपूर्ति पुनरावलोकनको माग गर्दै एक सातादेखि फोहोर फाल्न दिएका थिएनन् । फोहोर व्यवस्थापनबारे काठमाडौँ महानगरपालिका र स्थानीयबासीबीच छलफल चलिरहेको बुझिएको छ ।