यी हुन धनी बन्ने सूत्र
भिखारी त्यो बन्ने हो जसले भिखारीको जस्तो विचार राख्छ।
बारम्बार असफलताको कथा दोहोर्याउँछ र सफल बन्ने आँट गर्दैन।
जो मानिस मनमा अविश्वास पाल्छ। लर्खराउँदै हिँड्छ। ऊ कसरी विजेता बन्न सक्छ?
याद राख्नुस्, समृद्धितर्फ आफ्नो पैताला बढाउने साहसीहरूले नै धन कुम्ल्याउने हुन्।
कुबेरको अक्षय भण्डार कहाँ छ?
तपाईंको मनमा।
कारुको खजाना कहाँ छ?
तपाईंको मनमा।
सुन र रत्नको खानी कहाँ छ?
तपाईंको अन्तस्करणमा।
आफ्नो विचार बदल्नुस्। उठ्ने, बस्ने, खाने पिउने, रहन सहनको ढंग बदल्नुस्।
गरिबीमा बस्न नमान्नुस्। समृद्ध बन्न के गर्नुपर्छ, योजना बनाउनुस्। आफ्नो पूरै शक्ति र योजना त्यो काम सफल गर्नमा लगाउनुस्। तब संसारको कुनै शक्तिले तपाईंलाई धनी हुनबाट रोकक्न सक्दैन। यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।
धनी बन्ने सूत्र