अन्तरवार्ता भिडियो कभर स्टोरी

नेकपामा भूइँचालो : प्रचण्डलाई ‘हेग’ लैजाने योजना (भिडियोसहित)

नेकपामा भूइँचालो : प्रचण्डलाई ‘हेग’ लैजाने योजना (भिडियोसहित)

अहिले सत्तारुढ दल नेकपा भित्र भूइँचालो गएको छ । पूर्व एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणहुँदा दुवै पार्टीका अध्यक्षबीच भएको गोप्य सम्झौता सार्वजनिक भएपछि सो पार्टी तरंगित भएको हो । 

 


यति मात्र होइन अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीले सार्वजनिकरुपमै आ–आफना असन्तुष्टि पोखेपछि सरकार र नेकपा पार्टी नै संकटमा परेको विश्लेषण हुन थालेको छ । वरिष्ठ अधिवक्ता एवम् विश्लेषक हरि उप्रेतीका अनुसार पार्टी एकीकरण हुँदा तीनवटा प्रमुख बुँदामा रस्साकस्सी चलेको थियो :

क) प्रधानमन्त्रीको बन्ने 
ख ) पार्टी अध्यक्ष को बन्ने
ग ) प्रचण्डलाई ‘हेग’ लैजाने प्रक्रिया बन्द गर्ने । 

 

अहिले सार्वजनिक भएको सहमतिको पत्र यी तीनवटै बुँदाको वरिपरि घुमेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षका सवालमा आलोपालो प्रणाली नमान्ने हो भने कुनैपनि बेला सरकार ढल्ने र पार्टी पनि फुट्न सक्ने उप्रेतीको दावी छ । 

">

यस्तै, जनताको बहुदलीय जनवाद (जबज) का सन्दर्भमा पूर्व एमालेको एउटा पङ्ति सहमति पत्रलाई लिएर पूर्ण असन्तुष्ट छ । त्यसको नेतृत्व ईश्वर पोखरेलले गर्न सक्छन् । उनले जबजको औचित्य झन बढेको बताउँदै देशभर अभियान चलाउने सार्वजनिक रुपमै बताइसकेका छन् । दुई अध्यक्षबीच भएको सहमतिमा जबजलाई स्वीकार नगरी नयाँ ढंगले विकास गर्ने बताइएको छ । यो विषय पनि नेकपाभित्र विभाजन ल्याउन पर्याप्त हुनेछ । 

 


विश्लेषक उप्रेतीका अनुसार प्रचण्ड र ओलीबीच चरम अविश्वास छ । उनीहरुबीच भएको भनिएको लिखित सहमति नै अविश्वासको प्रमाण हो । यसलाई ‘असहमतिको पत्र’ भन्दा बढी न्यायपूर्ण हुने उनको भनाइ छ । आपसमा विश्वास नभएकाले लिखित गर्नुपर्ने स्थिति आएको हो । जुन दिन यो सहमति भयो, त्यही दिनबाट पार्टी विभाजनको बिजारोपण भयो । 

 

">
उप्रेती भन्छन्, ‘अझ महत्वपूर्ण कुरा भनेको त प्रचण्डलाई ‘हेग’ लैजाने विषयसंग जोडिएको छ । प्रधानमन्त्री ओलीसहित पूर्व एमालेको एउटा पङ्तिले अझैपनि प्रचण्डसहित पूर्व माओवादीका नेताहरुलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने ‘थ्रेट’ दिइरहेका छन् । प्रचण्डले निहुँ खोज्ने वित्तिकै त्यो विषय अगाडि आइहाल्छ । प्रचण्डलाई पनि ‘हेग’ को त्रासबाट मुक्त हुनु छ । यो त्रासबाट सधैंका लागि मुक्त हुन उनले पार्टी एकीकरण गरेका हुन । ’

 

 

भारतको इशारा

 


प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला यता प्रचण्डले विगतको सहमति र आफनो चाहनाबारे कुरा सार्वजनिक गर्नुको पछाडि भारतको हात हुनसक्ने उप्रेतीको अनुमान छ । भारतमा भाजपाको जित र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बनेपछि नेपालको राजनीतिक परिवर्तनका लागि केही खेल भएको हुनसक्छ । नेपालको राजनीतिमा भारतका केही चासोका विषय छन् । 

 


नेपालको जलश्रोत, सीमा, सुरक्षा, नक्कली नोट, पाकिस्तान तथा चीनसंगको सम्वन्ध लगायतका विषयमा भारतको गम्भीर चासो छ । यो बेला प्रधानमन्त्री ओलीलाई परिवर्तन गरी दाहाललाई अगाडि बढाउने चालकारुपमा समेत यी गतिविधि भएको हुनसक्ने उनको अनुमान छ । 

 


संघीयता खारेज हुने

 


दुई तिहाईको सरकार भएरपनि मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसक्नुमा संविधानप्रतिको असन्तुष्टि प्रमुख विषय हो । छिमेकी देश भारत लगायत देश भित्रकै राजनीतिक दलहरु संविधानप्रति सन्तुष्ट छैनन् । 

 


यसकारण संविधानको खारेजी वा संविधान संशोधनका लागि बाहिर भित्रबाट दवाव पर्ने देखिन्छ । यस्तो बेला प्रदेशको व्यवस्था संविधानबाट हट्न सक्ने छ । यो भनेको संविधान संशोधन गर्ने र त्यसबेला प्रदेशको व्यवस्था पनि खारेज हुनसक्ने उनको बुझाई छ । 

 


‘यसलाई संघीयताको खारेजीका रुपमा समेत बुझ्न सकिन्छ । धर्मका विषयमा भारतको चासो भएपनि खुलेर हिन्दू राष्ट्र घोषणा गर भनेर दवाव भने दिन सक्ने छैन । ’ उप्रेती बताउँछन् । 


">

विशेष