खेल

बंगलादेश र दक्षिण अफ्रिकाको खेलमा बने यस्ता कीर्तिमान

बंगलादेश र दक्षिण अफ्रिकाको खेलमा बने यस्ता कीर्तिमान

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ । ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो । यी दुई टिमबीचको खेलमा थुप्रै ऐतिहासिक रेकर्डसमेत बनेका छन् । दक्षिण अफ्रिका–बंगलादेशको खेलमा कस्ता रेकर्ड बने? हेर्नुस्– 


१– शाकिव अल हसन सबैभन्दा कम १९९ खेलमा ५ हजार रन र २५० विकेट लिने खेलाडी बने । 
२– बंगलादेशले वान डे विश्वकपमा सर्बाधिक ठूलो लक्ष्य दक्षिण अफ्रिकाविरुद्ध बनायो (३३०–६) 
३– बंगलादेशले हालसम्म वाने डेमा दक्षिण अफ्रिकासँग ४ पटक खेलेको छ । जसमा बंगलादेशले विश्वकपमा मात्र २ पटक अफ्रिकाविरुद्ध जीत हासिल गरेको छ । 


४– बंगलादेशका लागि विश्वकमा शाकिव अल हसन र मस्फिकुर रहीमको १४२ रनको साझेदारी सबैभन्दा ठूलो पार्टनरसिप हो । 
५– विश्वकपको इतिहासमा पहिलो पटक दक्षिण अफ्रिका शुरुवातका २ खेलमा पराजित भयो ।  


६– शाकिव वान डेमा ५ हजार रन र २५० बढी विकेट लिने पाँचौ खेलाडी बने । 
७– बंगलादेश बन्यो विश्वकपमा २ पटक दक्षिण अफ्रिकालाई हराउने पहिलो टोली । 


८– ४० वर्षीय इमरान ताहिर बने दक्षिण अफ्रिकाका लागि २ सय वान डे खेल्ने दोस्रो स्पिनर । उनी जारी विश्वकपमा सबैभन्दा पाका खेलाडी पनि हुन् । इमरानले सबैभन्दा कम खेलमा १०० विकेट लिने पहिलो दक्षिण अफ्रिकी खेलाडी पनि हुन् । 

विश्वकप क्रिकेट कीर्तिमान बंगलादेश भर्सेस दक्षिण अफ्रिका

विशेष