मेरो परिवार मेरो कथा समाज

राजाका पालामा चीनबाट स्याउँस्याँउ किरा परेका चामल नेपालमा आउँथ्यो (भिडियोसहित)

राजाका पालामा चीनबाट स्याउँस्याँउ किरा परेका चामल नेपालमा आउँथ्यो (भिडियोसहित)

 

काठमाडौं । ८६ वर्षकी शान्ति राना, राम्रो आँखा देख्दिनन् । घुँडा दुखेर उभिन पनि  सक्दिनन् । हात काम्छन् । काम गर्न सक्ने तागत पनि छैन । तर पनि यो उमेरमा आफैले खाना पकाएर खानु पर्ने बाध्यता छ । किनभने उनको साथमा उनका छोरानाति छैनन् । 

 

उनका एक छोरा, एक नाति र तीन पनातिपनातिना छन् ।  छोरा रिटायर्ड कर्मचारी हुन् । शान्ति भने वर्षौंदेखि काठमाडौं मध्यबानेश्वरस्थित कविर आश्रममा बस्दै आएकी छिन् । सरकारले मासिक दिने दुई हजार बाहेक उनले आफ्नो उमेर हुँदा जसको सेवा गरेकी थिइन्, त्यो परिवारले दिने चार हजार र कविर आश्रमस्थित एक समितिले दिने पाँच सय गरी ६५ सय उनी कमाउँछिन् । त्यही रकमले सबै खर्च पुर्याउनु पर्छ । 

 

उनका छोरा पनि आउँछन् वर्षमा एकाधपटक, आएको बेला एक हजार जति दिएर जान्छन् । छोराले आफ्ना छोरानातिका लागि जीवनभर संघर्ष गरे, पाले, हुर्काए । छोरानातिका लागि बाबुले गर्नुपर्ने सबै गरे, तर आमाका लागि सायद केही कुरा मिलेन । 

">

आश्रमकी अर्की हुनु जमुनादेवी दाहाल  । उनी पनि ८५ वर्ष पुगिसकेकी छिन्  । ओखलढुंगा छाडेर काठमाडौं पसेको वर्षौैं भयो । उनी १८ वर्षकी हुँदा काठमाडौं प्रवेश गरेकी थिइन् । कविरलाई आफ्नो गुरु मान्ने भएकोले यस आश्रममा बस्नेहरु ‘ईश्वर मानिसभित्रै छ’ भन्ने मान्यतामा विश्वास गर्छन् । मान्छेले बनाएका मन्दिरहरुमा ईश्वर खोज्दै हिँडदैनन् । यसकारण जमुनादेवीलाई आश्रम प्रिय छ ।

 

हरेक वर्गका मानिसको समय र परिस्थितिलाई बुझ्ने फरक फरक दृष्टिकोण हुन्छ । जमुनादेवीको अनुभवमा उहिले राजाको पालामा चीनबाट चामल ल्याइन्थ्यो । किरा परेको चामल खानु पथ्र्योे । खाना पकाएपछि स्याउँस्याउँ किरा देखिन्थ्यो । हुनेखानेले राम्रै चामल खान्थे । गरिबका लागि किरा परेका चामल सरकारले उपलब्ध गराउँथ्यो । जुमनादेवीले उहिले भनेको कतिसालतिर हो सम्झिन सकिनन् । 

 

जुमनादेवीले पढ्ने अवसर पाइनन् । छोरीमान्छेले पढेमा चिठीपत्र लेख्न जान्दछन् । अनि प्रेमपत्र लेखेर पोइला जान्छन् भन्ने मान्यता रहेको जुमना सुनाउँछिन् । उनको विवाह पनि भएको थियो । तर सन्तान भएनन् । उनका पतिका दुई श्रीमतीमध्ये अर्कीबाट सन्तान भए । ती सन्तानहरुले उनलाई घरमै आउनूस भनेर बोलाउने गरेको उनले सुनाइन् । तर उनलाई जान मन छैन । गुरुकै आश्रममा बस्न पाए पुगेको छ उनलाई । 

">

यो आश्रममा अरु पनि चार पाँच जना जेष्ठ नागरिकहरु छन् । ती मध्ये दुई जनासँग हामीले जेठ १५ गते दिउँसो एक बजे कुराकानी गरेका थियौं । 

विशेष