मुख्य समाचार

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अस्पताल भर्ना गरिएको छ । मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुगेका पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

 

अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले पौडेलकोे स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। चिकित्सकले मुख्यमन्त्री पौडेललाई एक हप्ता आराम गर्न सल्लाह दिएका छन् । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्य मन्त्रीको सचिवालयले जनाएको छ। 

डोरमणि पौडेल

विशेष