विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध अघि विराट घाइते

काठमाडौं । इंग्ल्याण्डमा भइरहेको आइसीसी वान डे विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल ५ जूनमा खेल्दै छ । खेलको केही दिन अघि टिमका कप्तान विराट कोहली अभ्यासका क्रममा घाइते भएका छन् । शनिबार भएको अभ्यास सत्रका क्रममा विराटको दायाँ हातको औंलामा चोट लागेको भारतीय पत्रिका दैनिक भास्करले लेखेको छ । खबरकाअनुसार विराटको औंलाको चोट भने सामान्य रहेको छ ।
उनी अघि टिमका अलराउन्डर विजय शंकर र केदार जाधव पनि चोटग्रस्त भएका थिए । यी दुवै खेलाडी ‘फिट’ भएको घोषणा गरिए पनि पहिलो खेलमा उनीहरुले मौका पाउनेबारे आशंका कायमै छ । यी दुवै खेलाडी भारतीय टिमका अलराउन्डर हुन् । विजय–केदार बंगलादेश विरुद्धको अभ्यास खेलमा पनि टिम बाहिर थिए ।