मुख्य समाचार ताजा खबर

प्रधानमन्त्रीको विद्यावारिधिबारे सांसदले गरे प्रश्न

प्रधानमन्त्रीको विद्यावारिधिबारे सांसदले गरे प्रश्न


काठमाडौँ । सांसद प्रकाश रसाईली स्नेहीले काङनाङ विश्वविद्यालयले प्रधानमन्त्रीलाई दिएको विद्यावारिधीबारे सरकारको आधिकारीक धारणा माग गर्नुभएको छ । व्यवस्थापिका संसदको धर्म प्रचारकको रुपमा चिनिदै आएको दक्षिण कोरियाको काङनाङ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको सम्झौताबारे सरकारको आधिकारिक धारणा माग्नुभएको हो । 


दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मानार्थ विद्यावारिधि उपाधि दिएको थियो ।  सो विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले त्रिविका कुलपतिसमेत रहेका ओलीलाई सो उपाधि प्रदान गरेका थिए।

सो को भोलिपल्टै त्रिवि र सो विश्वविद्यालयबीच पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको थियो । तर सो विश्वविद्यालय रहेको क्रिस्चियन धर्म प्रचारक संस्था भन्ने सार्वजनिक भएपछि सो विषय विवादमा परेको थियो।
 

विशेष