स्वास्थ्य

चिनी कति खाने?

चिनी कति खाने?

काठमाडौं । खाद्य पदार्थमा चिनीको मात्रा बढी हुनु स्वास्थ्य समस्याको प्रमुख कारण रहेको पाइएको छ । यद्यपी कति चिनी खानु स्वास्थ्यका लागि उपयोगी हो भन्ने हालसम्म प्रमाणित भइसकेको छैन । तर, अमेरिकी हार्ट एसोसियनका अनुसार पुरुषले एक दिनमा ३७ दशमलव ५ गम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ ।

 

यस्तै महिलाको हकमा एक दिनमा २५ ग्राम अर्थात एकसय क्यालोरीबराबर उपयुक्त हुन्छ । तर, एक व्यक्तिले ७६ दशमलव ७ ग्राम चिनी खाने गरेको पाइएको छ । चिनी वढी खाँदा मुटुरोग, मोटोपना, क्यान्सर, डिप्रेसन, मधुमयेह, छाला सुख्खा हुने, शरीर सुन्निने, हाड खिइने, टाउको दुख्ने, माइग्रेन र मिर्गौलामा समेत असर पुग्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

चिनी स्वास्थ्य

विशेष