मनोरञ्जन

सुहाउलिन् त ६१ वर्षीय भुवनलाई रिमा?

सुहाउलिन् त ६१ वर्षीय भुवनलाई रिमा?

काठमाडौं । नायक भुवन केसीले ठूलो पर्दामा कमब्याक गर्ने भएका छन् । उनले ‘मिस्टर नेपाली’ फिल्मबाट कमब्याक गर्न लागेका हुन् । उनको साथमा नायिका रिमा विश्वकर्मा रहने छिन् । आइतबारबाट छायांकन सुरु भइसकेको फिल्ममा भुवन दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा ६१ वर्षीय भुवनले रिमासँग रोमान्स गर्ने बताइएको छ । तर, भुवनको कुन चरित्रले रोमान्स गर्ने खुलाइएको छैन । उनीहरूले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

 

भुवनले निकै लामो समयपछि कमब्याक गर्न लागेका छन् । छोरा अनमोललाई स्थापित गराउन लागिपरेका कारण भुवन केही वर्षदेखि अभिनयबाट टाढा थिए । अब आफूभन्दा आधा उमेर कान्छी अभिनेत्री भुवनलाई सुहाउलिन् कि नसुहाउलिन्, त्यो भने फिल्म आएपछि थाहा हुनेछ । फिल्मलाई देव भुषालले निर्देशन गर्दै छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भुवन केसी मिस्टर नेपाली रिमा विश्वकर्मा

विशेष