कभर स्टोरी

विदेशी हनुमान र नेताका लागि मात्रै भयो यो गणतन्त्र (भिडियोसहित)

विदेशी हनुमान र नेताका लागि मात्रै भयो यो गणतन्त्र (भिडियोसहित)

काठमाडौं । मधेस मामिलाका जानकार डा. राजेश अहिराजले मधेसी दलहरुको दोहोरो चरित्रले मधेसीलाई नै हानी गरिरहेको टिप्पणी गरेका छन् । नेपालआजसँगको कुराकानीका क्रममा उनले लोकसेवा आयोगले निकालेको विज्ञापनका सम्बन्धमा राज्य व्यवस्था समितिमा मधेसी दलका प्रतिनिधिहरुले नै स्वीकार गरिसकेको दावी गरे । संसदमा स्वीकार गर्ने, अनि लोकसेवाले सूचना सार्वजनिक गरेपछि मधेसीलाई विभेद भन्नु न्यायोचित नहुने उनले उल्लेख गरे । 

 

मधेसीलाई सबलीकरण गर्नुको सट्टा नेताहरुले ‘मधेसीका लागि दया र माया मागिरहेका छन् । यो न्यायोचित होइन । यसले समाजमा थप द्वन्द्व सिर्जजन गर्छ ।’

 

तराईमा केन्द्रीत भएको राजपा होस वा समाजवादी पार्टी दुवैको बहुरुपी राजनीतिक चरित्रले जनता ठगिएको डा. अहिराज बताउँछन् । राजपाका नेताहरुले संघमा सरकारलाई दिएको समर्थन फिर्ता लिने, प्रदेश २ मा सरकारमा बसिरहने जस्तो चरित्र देखाएको उनी बताउँछन् । समाजवादी पार्टीको पनि उस्तै अवस्था रहेको उनले बताए । १७ हजारको ट्याग लागेका बाुबराम र ३ सय मधेसीको ज्यानको ट्याग लागेका उपेन्द्र यादवले कस्तो समाजवाद ल्याउने हुन् आफू आश्चर्यमा परेको उनले स्पष्ट पारे ।

 

राजापा र समाजवादी कस्तो खालको राजनीतिक दल हो भन्ने नै स्पष्ट नभएको उनले बताए । दुवै दलले राष्ट्रिय विषयमा चर्चा नगर्ने, कुरा नउठाउने गर्दै आएका छन् । जसका कारण यिनीहरुलाई राष्ट्रिय दल मान्न सकिने अवस्था छैन । क्षेत्रीय दल वा मधेसी दल हो भने नामबाट मधेस नै हटाइसके । यस्तो अवस्थामा यी दलले कसको लागि राजनीति गरिरहेका छन् भन्ने स्पष्ट नभएको उनले बताए । 

">

जनताको सुरक्षाका लागि आफ्नो राजपाठ छाड्ने राजाको विषयमा जनताले कुरा उठाउँछन् भने त्यसलाई नाजायज मान्न नसकिने उनी बताउँछन् । अहिराजले राजाको पालामा पाँच पटक मन्त्री भएकाहरुसँग भन्दा गणतन्त्रको बेला एउटा मामुली सांसदको पिएले बढी धन आर्जन गरेर राखेको दावी गर्दै भने, ‘अब भन्नुस् यो देश कसले लुटेको छ ? राजाले कि अरुले ?’

 

नेपालका लागि नेपाली भन्ने अभियानमा पनि जोडिएका अहिराजले हिन्दुराष्ट्र हुनुपर्छ त भनेनन् तर उनले सनातनदेखि चलिआएको धर्म संस्कृतिको प्रधानता हुनुपर्छ भन्दै हिन्दुराष्ट्रको पक्षमा मत राखेका  छन् । 
 

विशेष