खेल

विश्वकप क्रिकेटः रोहितकको शतकमा भारतकाे विजयी सुरुवात

विश्वकप क्रिकेटः रोहितकको शतकमा भारतकाे विजयी सुरुवात

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । अफ्रिकाले दिएको २२८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले ४७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर रोहित शर्माले शतक बनाए । उनी २ छक्का र १२ चौकाको मद्दतमा १४४ बलमा ११२ रनमा अविजीत रहे ।

 

यस्तै महेन्द्रसिंह धोनीले ३४, केएल राहुलले २६, विराट कोहलीले १८, शिखर धवनले ८ र हार्दिक पाण्ड्याले नट आउट १५ रनको योगदान दिए । बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहलक्वायोले एक–एक विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो ।

 

उसका लागि क्रिस मोरिसले सर्बाधिक ४२, कप्तान फाफ डुप्लेसिसले ३८, डेभिड मिलरले ३१, रस्सी भान डर ड्युसनले २२, एन्डीले फेहलक्वायोले ३४, क्विन्टन डि ककले १०, हसिम अमलाले ६, जेपी ड्युमिनीले ३ र कागिसो रबाडाले नट आउट ३१ रन बनाए । बलिङमा भारतका युजवेन्द्र चहलले ४, जसप्रित बुमराह, भुवनेश्वर कुमारले २–२ र कुलदीप यादवले एक विकेट लिए । लगातार तेस्रो हारले दक्षिण अफ्रिकाको आगामी यात्रा निकै कठिन भएको छ । अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।  

विश्वकप क्रिकेट भारत भर्सेस दक्षिण अफ्रिका

विशेष