खेल

विश्वकप क्रिकेटः न्यूजिल्याण्डको लगातार दोस्रो जीत

विश्वकप क्रिकेटः न्यूजिल्याण्डको लगातार दोस्रो जीत

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दोस्रो खेलमा पनि जीत हासिल गरेको छ । बुधबार राति बंगलादेशलाई २ विकेटले हराउँदै न्यूजिल्याण्डले लगातार दोस्रो खेलमा जीत हासिल गरेको हो । २४५ रनको लक्ष्यका साथ मैदान उत्रिएको न्यूजिल्याण्डले ४७.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । उसको जीतमा अनुभवी क्रिकेटर रोस टेलरले ९ चौकाको सहयोगमा ९१ बलमा सर्बाधिक ८२ रन बनाए ।

 

यस्तै कप्तान केन विलियम्सनले ४०, जेम्स नीशम, पार्टिन गुप्टिलले २५–२५, कोलिन मुनरोले २४, कोलिन डि ग्राण्डहोमले १५, म्याट हेनरीले ६, लकि फग्र्यसनले ४ र मिचेल सान्टनरले नट आउट १७ रनको योगदान दिए । बलिङमा बंगलादेशका शकिव अल हसन, मोहम्मद सैफउद्दिन, मेहदी हसन मिराज र मोसाद्दिक होसैनले २–२ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रन बनायो ।

 

उसका लागि शकिव अल हसनले ६४, मोहम्मद मिथुनले २६, मोहम्मद सैफउद्दिनले २९, सौम्य सरकारले २५, तमिम इग्बालले २४, महुमदुल्लाहले २०, मुस्फिकुर रहीमले १९, मोसद्दिक होइसिनले ११, मेहदी हसन मिराजले ८ र कप्तान मोसरुफे मुर्तुजाले १ रन बनाए । बलिङमा न्यूजिल्याण्डका म्याट हेनरीले ४, ट्रेन्ट बोल्टले २, लकि फग्र्युसन, मिचेल सान्टनर र कोलिन डि ग्राण्डहोमले एक–एक विकेट लिए । 

विश्वकप क्रिकेट न्यूजिल्याण्ड भर्सेस बंगलादेश

विशेष